भक्तपुरमा ७५.७५ प्रतिशत मतदान, आज राती देखि नै मतगणनाको तयारी
भक्तपुर, बैशाख ३० गते
१लाख ८९ हजार ५ सय ८४ मतदाता रहेको भक्तपुर जिल्लामा १ लाख ४३ हजार ६ सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । यसरी मतदान गर्नेहरुमा ७० हजार ८ सय ४० पुरुष र ७२ हजार ७ सय ८१ महिला मतदाता रहेका हुन । भक्तपुर जिल्लाका ४ वटा स्थानीय तहहरुका ७७ मतदान स्थलका २१९ मतदान केन्द्रबाट शुक्रबार भएको मतदान ७५.७५ प्रतिशत रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१६ वटा मतदान स्थलका ६२ वटा मतदान केन्द्रबाट भक्तपुर नगरपालिकामा भएको मतदानमा ४३ हजार ३७४ मत खसेको थियो जुन ७६ प्रतिशत रहेको छ । सो नगरपालिकामा ५७ हजार २७० मतदाता रहेका थिए । यसै बीच चाँगुनारायण नगरपालिकाका४३ हजार १०५ मतदाताहरु मध्ये ३३ हजार ३८८ जना अर्थात ७७ प्रतिशतले मतदान गरेका थिए । सो नगरपालिकामा २१ मतदान स्थलका ५३ मतदान केन्द्रहरु थिए । मध्यपुर थिमी नगरपालिकामा ३१ हजार ४१०ले मतदान गर्दा मतदान गर्नेको प्रतिशत ७५ रहेको छ । त्यहा कुल मतदाता४१ हजार ८३९ जना थियो भने सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६५ मतदाताहरु मध्ये ३५ हजार ५५१ जनाले मतदान गर्दा मतदान गर्नेको प्रतिशत ७५ नै थियो ।
मतदान पस्चात सम्वन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा मत पेटिका जम्मा गरिसकेको छ भने आज रातिदेखि नै मतगणना गर्ने तयारी भइरहेको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














