ख्वप शैक्षिक प्रदर्शनीमा आधुनिक तथा परम्परागत दुबै शैली प्रस्तुत

 

 

भक्तपुर, माघ २ गते
२२ औं राष्ट्यि भुकम्प सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिग कलेज र कलेज अफ इन्जिनियरिगको संयुक्त आयोजनामा सुरक्षित समुदायकोलागि नमूना शैक्षिक प्रदर्शनी गरेको छ । भूकम्प प्रविधि तथा भवन सहिंता सम्बन्धि शैक्षिक प्रदर्शनी भक्तपुर दरवार क्षेत्र स्थित फसि द्यग प्रांगणमा भइरहेको हो । सो प्रदर्शनी विहान १० बजे देखि साँझ ४ बजेसम्म रहने कलेजका प्राचार्य सुजन माकले बताएका छन् । परम्परागत तथा आधुनिक प्रविधिहरुका २४ वटा स्थल एवं सचेतनामूलक २९ वटा ब्रोसरहरु पनि प्रदर्शनीमा राखेको अर्का प्राचार्य सुनिल दुवालले बताएका छन् । मूल समारोह पनि दरवार क्षेत्रमै आयोजना हुने भएकाले यस वर्ष बढी दर्शकहरुको सहभागिता हुने आयोजकहरुको भनाई छ । यद्यपी विगतका वर्षको तुलनामा यस वर्ष शैक्षिक प्रदर्शनीका सामग्री कम मात्रै प्रस्तुत गरेको प्राचार्य दुवालले बताए । कलेजका विद्यार्थीहरुले महिनौ लगाएर बनाएका नमूनाका प्रविधियुक्त सामग्रीलाई आज दिनभरको प्रदर्शनी पश्चात कलेजमा सजाएर प्रदर्शनीमा राखिने प्राचार्य सुजन माकले जनसञ्चार खवरलाई बताउनु भएको छ । आजको प्रदर्शनी दशौं हजारले अवलोकन हुने आयोजकहरुको अपेक्षा छ तर मौसम परिवर्तनका कारण प्रदर्शनीमा केही अप्ठेरो परेको छ । खुल्ला आकाशमा प्रदर्शनी गरेकाले सामग्री पानीले भिज्ने तथा दर्शकहरुलाई राम्ररी हेर्न अप्ठेरो महसुस गराएको छ ।र पनि प्रदर्शनी हेरेर नेपाली ऐतिहासिक तथा परम्परागत शैली र विकसित आधुनिक प्रविधि बारे ज्ञानसिप आदान प्रदान हुनुको साथै भूकम्पिय सुरक्षा बारे जनचेतना अभिवृद्धि हुनेमा आयोजकहरु विश्वस्थ छन् । प्रदर्शनी राष्ट्यि भूकम्प सुरक्षा दिवसका अतिथी एव सर्वसाधारण देखि विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरुले अवलोकन गर्ने छन् ।