अगुवा समूहको सिकाई आदानप्रदानले लक्षित वर्गमा उत्साहको सन्देश

भक्तपुर, माघ १ गते,
स्योर कार्यक्रमका अगुवा समूहले आपसमा सिकाई आदानप्रदान गर्दा लक्षित वर्गमा उत्साहको सन्देश र आत्मबल बढाउनुका साथै स्वाभिमान समेत बनाएको छ। भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका लक्षित वर्ग बीच भएको सिकाई आदान प्रदानले तीनीहरुको जीवनशैली र बोलिब्यवहार तथा आयआर्जनमा समेत परिवर्तन आएको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरमा संचालित उत्थानशिल नगरप्रवद्र्वन र सहभागीता कार्यक्रमले भक्तपुर र मध्यपुर नगरपालिकाका लक्षीत अगुवा समुह(दलित, जनजाती, खुद्रा व्यपारी, अपाङ्गता भएका व्यक्ती, सुकुम्वासी,एकल महिला, ज्यालादारी समुह), नेपाल रेडक्रस सोसाईटी र सरोकारवाला निकायहरु बीच मंगलवार र बुद्धबार भएको सिकाई तथा अनुभव आदान प्रदान कार्यशालामा सहभागि समुदायले यस्तो प्रतिकृया दिएका हुन । अपांगता भएका, एकल महिला, ज्यालादारी, न्यून आय भएका तथा दलित जनजातीको उठानशिलताको लागि स्योर कार्यक्रमका तालिम, परामर्श, पैरवी र सचेतिकरणका गतिविधिहरु आफू र आफ्नो परिवार तथा समुदायको लागि समेत उपलब्धीमूलक रहेको जनाएका हुन ।


उत्थनशिल नगर प्रवद्र्वन र सहभागीता कार्यक्रमबाट सिकेका नयाँ ज्ञान सिप, अनुभव, काम गर्दाका कठीनाई र समस्या समाधानका विषयहरुका साथ विपद तथा जोखीम न्यूनीकरण तथा उत्थनशिल नगर निर्माणका लागी वडा, नगरपालिका र ने रे सो के भुमीका के हुन सक्दछ? भन्ने विषयमा पनि केन्द्रित भएर सहभागीहरु संग छलफल गरीएको थियो । सो कार्यशलाले आपसमा अनुभवहरु आदान प्रदान गर्नुको साथै लक्षित समुहले उत्थनशिल नगर निर्माणका लागी आगामी दीनको आ आप्नो समुह अनुसार योजनाहरु निर्माण पनि गरेका थिए । विभिन्न लक्षित वर्गाका ९० जनाको सहभागितामा बालकोटस्थित रेडक्रस उपशाखा भवनमा सो कार्यशाला दुईदिनसम्म आयोजना भएको थियो ।