मेला हुनु पूर्व ५० जनाकालागि रोजगार सूचिश्चित
मध्यपुर,असार १३ गते
“वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला २०८०” हुनु पूर्व ५० जनालाई रोजगार सुनिश्चित भएको उल्लेख गर्दै मध्यपुर थिमी नगरपालिकाले आज मेला बारे थप जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रोजगारको खोजीमा रहेका युवयुवती, विद्यार्थीहरुलाई तिनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी, गैह्र सरकारी निकायहरुसँग गराउने मुख्य उदेश्यले सो मेला आयोजना गर्न लागेको जनाएको छ । यही असार १६ गते सानो थिमिको आदर्श माविमा आयोजना हुने सो मेलाले वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने अवसर सृजना हुने जनाएको छ ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १६ वटा, मध्यपुर थिमि नगरपालिकाबाट ३ वटा, प्राविधिक शिक्षालयहरुबाट ९ वटा, स्थानिय उत्पादन (मध्यपुर माक्स मेकिङ्क र हस्तकला) बाट २ वटा, होटल व्यवशायी २ वटा, अस्पताल २ वटा, बैङ्क तथा वित्तिय संस्था १ वटा, वल्र्डलिङ्क १ वटा, ईन्स्योर परियोजना १ वटा र गरी जम्मा ३७ वटा स्टलहरु रहने कुरा सो अवसरमा मध्यपुर थिमि नगरपालिकाको प्रवक्ता एवं मेला आयोजना मूल समारोह समितिका संयोजक कृष्णहरि आचार्यले प्रेस विज्ञप्ति जारी गरेका थिए ।
विभिन्न उद्योग व्यवसायहरुबाट रोजगारीको अवसरहरु समेत रहने यस मेलामा ३००० देखि ३५०० जना सम्मको सहभागिता रहने अनुमान गरिएको छ भने मेलाबाट कम्तीमा १५०० जना युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने संयोजक आर्चायले बताए । मेला आयोजना हुनु पूर्व नै ४० देखि ५० जना बेरोगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने सूनिश्चित भएको भन्दै आयोजन मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले रोजगारका लागि विदेश जान नपर्ने गरी मेला आयोजनाको तयारी भएको बताए । उहाँले भन्ने यो पहिलो प्रयास हो, अझ व्यवस्थित रुपले यस्तो मेलाहरु आयोजना गर्दै लाने छु ।
मेलाले विभिन्न उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीका अवसरवारे जानकारी पाउने, तालिम प्रदायक संस्थावाट प्रदान गरिने सीपमुलक तालिम र अवसरको जानकारी पाउने लगायतको उपलब्धी हासिल हुने आयोजकको विश्वास छ । सो मेला आयोजनाको बजेट रु. ५ लाख रहेको पनि जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













