आज विश्व बाघ दिवस, देशभर २३५ वटा मात्रै बाघ………
*स्याल प्रजातिका जन्तु बाघ होइन, *विश्वभर बाघहरु एउटै जातका छन्, *विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।
भक्तपुर, श्रावण १४गते
आज विश्व बाघ दिवस दिन रहेको छ । लाखौको संख्यामा रहेका बाघ अहिले विश्वभर ३।४ हजारको संख्यामा मात्र सिमित रहेको छ । देशभर २३५ बटा बाघ रहेको विश्व बन्यजन्तु कोष नेपालले जनाएको छ । कोषका अनुसार सन् २०२२ सम्ममा २५० बाघ पुर्याउने लक्ष्यका साथ बाघको संरक्षण कार्य भइरहेको कोषका नेपाल निर्देशक शिवराज भट्टले जनाएको छ । सन् २०१० देखि बाघ संरक्षणका लागि थालेको अभियान अन्तर्गत नेपालले आफ्नो लक्ष्य पूरा गर्न लागेको उहाँले जनाएको छ । सन् २०१०मा नेपालमा १२१ वटा मात्रै रहेकोमा अहिले २३५ पुर्याउन सफल रहे पनि बाघको बासस्थानको अभावले बाघ संरक्षणमा चुनौती रहेको उहाँले औल्याएको छ । वन जंगलको विनास र आहाराको अभावले संसारबाट बाघ विनास भइरहेको प्रसंगमा बाघ पाईने विश्वका १३ वटा देशहरुले बाघ संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ । तराई क्षेत्रमा मात्र पाई बाघ संरक्षणको लागि हरेक वर्ष जुलाई २९ तारिखलाई विश्व बाघ दिवसको रुपमा मनाउदै आएको हो । यस वर्षको बाघ दिवस कोरना भाइरसको जोखिमका कारण सामान्य रुपमा मात्रै मनाउने बन मन्त्रालयको कार्यक्रम छ । बन विभाग काठमाण्डौमा सरोकारवाला निकायहरु बीच बाघ संरक्षण विषयमा छलफल मात्र गरी बाघ दिवस मनाउने भएका हुन ।
विश्व बाघ दिवसको अवसरमा राष्ट्पति विद्या देवी भण्डारीले प्रेस विज्ञप्ती जारी गरी नेपालमा बाघ संरक्षणमा पाएको सफलताको प्रशंसा गरेकी छिन् ।

*स्याल प्रजातिका जन्तु बाघ होइन,
*विश्वभर बाघहरु एउटै जातका छन्,
*विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।
*नेपालमा हाल २३५ वटा बाघ छन् ।
*सन् २०२२ सम्ममा थप १५वटा बाघ बढाएर
देशभर २५० पुयाउने लक्ष्य छ ।
*बाघको बासस्थान र आहाराको संरक्षणले मात्रैबाघ जोगाउन सकिन्छ ।
*बन्य जन्तु र मानव बीचको व्दन्द हटाएरपर्या पर्यटन विकास गर्न सकिन्छ ।
हिंस्रक जन्तुको रुपमा लिइने बाघलाई तालिम दिएर विदेशमा घरमै पाल्ने गरेको पाइए पनि देशभर घरपालुवाको रुपमा पाल्ने गरिएको छैन । तर चिडियाघर, प्राणी उद्यान तथा निकुजहरुमा बाघ संरक्षण प्रवर्धन भइरहेको छ । देश विदेशमा अध्ययन गरेका बन्य जन्तु विज्ञहरु पर्याप्त रहेको उल्लेख गर्दै निर्देशक भट्टले बाघको बासस्थान संरक्षण गर्न सके बाघ संरक्षण हुने बताउनु हुन्छ । बाघलाई घरमै पाल्ने भन्दा प्राकृतिकरुपमै संरक्षणको लागि बनजंगलको संरक्षण एवं अन्य बन्य जन्तुको प्रवर्धन गर्न आवश्यक भएको उहाँको ठम्याई छ । विश्वमा दुर्लभ मानिएको बाघलाई पाठे बाघ भनेर चिनिए पनि स्थानीय स्तरमा पाइने स्याल प्रजातिहरुलाई पनि बाघको रुपमा चिने गरिएको छ । त्यसैले ती जन्तु बाघ नभएको कोषले जनाएको छ । विश्वभर बाघको जात एउटै रहेको उल्लेख गर्दै बाघ संरक्षणले वातावरण संरक्षण हुने, पर्या पर्यटन विकास गर्न सकिने, पानीको मुहान सुरक्षित हुने भएकाले बाघ संरक्षणसँगै बनजंगल र बन्य जन्तुको संरक्षणमा अभियान सञ्चालन भइरहेको छ । प्रत्येक ४।४ वर्षमा माघको गणना गर्दै आएको जनाउँदै सन् २०२२मा पुनः बाघ गणना हुने कोषले जनाएको छ । देशभर बाढी पहिरो र डुवान तथा विश्वभर फैलि रहेको कोरना भाइरसको जोखिमका कारण बाघ संरक्षणका गतिविधिहरु पनि प्रभावित रहेको उल्लेख गर्दै बन्य जन्तु र मानव बीचको द्धन्द अन्त्य गर्न आवश्यक रहेको जनाएको छ ।
तराईका जंगलहरुमा मात्र हुने बाघ आहाराको खोजिमा पहाडी क्षेत्रमा समेत देख्न थालेको छ । बाढी पहिरो र डुवानले भने बाघहरु बगाउने, बालुवाले पुरिने तथा बाघको बासस्थानहरु र आहारा नष्ट हुने गरेको छ । त्यसमाथि जंगल नजिक मानव बस्ती र बाली नाली लगाउने कार्यले मानव र बन्यजन्तु बीच व्दन्द चर्किरहेको छ । सरकारले यस वर्षलाई विक्षारोपन वर्षको रुपमा घोषणा गरेको छ । देशको ४० प्रतिशत भूभागलाई बन जंगलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
यद्यपी बन जंगलको संरक्षणसँगै बन्य जन्तुको संरक्षण र प्रवर्धन कार्यमा सरोकारवाला निकायले पर्याप्त ध्यान दिन नसकिरहेको विज्ञहरुको भनाई छ । बन्य जन्तुको चोरी सिकारीले थप यस क्षेत्रमा जोखिम बढाएको छ ।
यस्तो जोखिम र चुनौतिहरुका बीच सरोकारवाला निकायले बाघ जस्तै बन्य जन्तुको संरक्षणले बाह्य तथा आतरिक पर्यटन प्रवर्धनले देशको आर्थिक, सामाजिक, वातावरण संरक्षण एवं जलवायु परिर्वतन नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सकिने विश्वास लिएको छ ।












