भक्तपुर जिल्ला फुटवल संघ विघटन गर्ने एन्फाको निर्णय नसच्याइए अदालत जाने तयारी सुरु

भक्तपुर, असार ६ गते
भक्तपुर जिल्ला फुटवल संघ विघटन गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)को निर्णय नसच्याइए अदालत जाने तयारी थालेको छ । भक्तपुर जिल्ला फुटवल संघ, ललितपुर जिल्ला फुटबल संघ, धाडिंग जिल्ला फुटवल संघ र हेटौडा फुटवल संघको आज भक्तपुरमा बसेको बैठकले एन्फाको सो निर्णय अमान्य भएको भन्दै निर्णय नसच्याए अदालत जाने तयारी थालेको जनाएको हो ।
ललितपुर जिल्ला फुटवल संघका अध्यक्ष पुरुषोतम थापाले विश्वभर कोरोना भाइरसले प्रभावित भई खेलकूदका गतिविधि स्थिर रहेको बेला भक्तपुर जिल्ला फुटवल संघ बिघटन गर्नु अब्यवहारिक भएको बताउनु भयो । एन्फाका हरेक राम्रा गतिविधिमा आफूहरुले साथ दिन्दै गलत कार्यहरुको विरोध गर्दै आएको उल्लेख गर्दै अध्यक्ष थापाले भक्तपुर जिल्ला फुटवल संघलाई संघको विद्यान बिपरित व्यक्तिगत रिसइबीको आधारमा बिघटन गर्नु गलत भएको उल्लेख गर्दै निर्णय सच्याउनुपर्नेमा जोड दिनु भयो । एन्फाका अनियमिताहरुको विरोध गर्नेहरुलाई यसै गरी बिघटन गर्दै लाने हो भने संघको नजिर गलत हुने भएकाले देशभरका संघहरुले भक्तपुरलाई साथ दिने बताउनु भयो ।

धाडिंगका जिल्ला अध्यक्ष दिपक खतिवडाले संघको निर्णय संघको विद्यान विपरित रहेकोमा दुईमत नरहेकोे बताउँदै निर्णय नसच्याइए गलत नजिर बन्ने भएकाले निर्णय सच्याउन लगाउन आग्रह गर्दै आएको बताउनु भयो । एन्फाका पदाधिकारीहरुले निर्णय नसच्याइए त्यसको विरोधमा राष्ट्रिय खेलकूद परिसर, खेलकूद मन्त्रालय हुँदै फिफासम्म उजुरी दिन जाने तयारी रहेको बताउनु भयो । एन्फाको निर्णय सच्याउन अदालतसम्म जाने तयारीमा देशका जिल्ला संघहरुसँग छलफल गर्दै आज ४ जिल्लाका जिल्ला संघका पदाधिकारीहरु बीच छलफल गरी भक्तपुर फुटवल संघ विघटन गर्ने एन्फाको निर्णय नमान्ने निर्णय गरेको जनाएको हो ।

भक्तपुर जिल्ला फुटबल संघमा २३ वटा टिम क्लवहरु आवद्ध रहे पनि ३ वटा क्लबहरुले मात्रै बैधानिकता पाएपछि बैधानिकता प्राप्त क्लवहरु बीच २०७४ सालमा गौतम सुजखुको अध्यक्षमा भक्तपुर जिल्ला फुटबल संघ गठन गरेको थियो । भक्तपुर क्षेत्र नम्वर एकका साँसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा एवं एन्फाका कानुनी सल्लाहकार र आधिकारिक पदाधिकारीहरुको सल्लाह र सहभागितामा पाँचौ अधिवेशन गरेको उल्लेख गर्दै अध्यक्ष सुजखुले भक्तपुर फुटवल संघ अबैध भए यसले मतदान गरेको एन्फा आफै अबैध हुने उल्लेख गर्दै एन्फाको अनियमितताहरुको विरोध गर्दै आएको रिस साध्दै भक्तपुर जिल्ला फुटवल संघलाई विघटन गर्ने एन्फाको निर्णय गलत भएको बताउनु भयो । अधिवेशन प्रकृया गलत भए उहिल्यै अधिवेशन गर्न दिन नहुने जिकिर गर्दै एन्फाले बढी सुल्क लगाएको आरोप सही भएको भए भक्तपुर फुटवल संघलाई जस्तै धेरै जिल्लाका फुटवल संघ विटघन हुने वा गर्नुपर्नेमा एन्फाले भक्तपुरलाई मात्रै विघटन गर्ने निर्णय लिनु नीतिसंगत नभएको ठहर गरेका छन् । व्यक्तिगत र राजनैतिक रिस साध्न जिल्ला संघ विघटन गरेको कुरा खुल्दै आएको उल्लेख गर्दै संघका अध्यक्ष सुजखुले आफूहरु फूटबल खेलको विकास गर्न निःस्वार्थ रुपले लागि परेको उल्लेख गर्दै एन्फाको भन्दा स्थानीय स्रोतहरुबाटै भक्तपुर जिल्ला फुटबल संघले फुटबलका गतिविधिहरु आयोजना गर्दै आएको तीन वर्ष पूरा भएपछि बिघटन गर्नु एन्फाको पूर्वाग्राही र गैर जिम्मेबारीपनको उदाहरण भएकोे बताउँदै सो निर्णय नसच्याइए त्यसको कानुनी उपचार खोज्ने तयारी सुरु भएको बताउनु भयो ।