भक्तपुर, पुस १४ गते
शैक्षिक गण्तव्यस्थलको रुपमा विकास हुँदै आएको भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई पर्यटन प्रवर्धनबाट आदर्श नगर बनाउने परिकल्पना थालेको छ । नेपाल भ्रमण वर्ष २०२०को पूर्वसन्ध्यामा सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नगर प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक तथा साँस्कृतिक भक्तपुर नगरलाई आर्दश नगरको रुपमा विकास गर्न पर्यटन वर्षलाई उपयोग गर्ने बताउनु भएको हो । पर्यटकहरुसँग आर्थिक कारोवार बढाउन र भक्तपुरको मौलिक उत्पादनको प्रवर्धन गर्न कोशेली घरको निर्माण गर्ने योजना समेत सार्वजनिक गर्दै नगर प्रमुख प्रजापतिले नेपाल सरकारको लक्ष्य अनुसार भक्तपुर नगरमा पनि पर्यटक भित्र्याउने बताउनु भयो । पर्यटकलाई मात्र नभई आम नगरवासीको पहुँचमा पनि पुग्ने गरी भक्तपुर नगरपालिकाले आफ्ना सेवा सुविधाहरु विस्तार गर्दै आएको बताउँदै नगर प्रमुख प्रजापतिले सुरुमा नमूनाको रुपमा कार्यक्रम सञ्चालन गरिरहेको र त्यसको राम्रो नराम्रो प्रभावहरुको मूल्यांकन गरी सेवा विस्तारमा लागि रहेको बताउनु भयो । भूकम्पपछिको पुननिर्माणमा क्षति भएका ११६ सम्पदाहरु मध्ये ९१वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै उहाँले कोटेश्वरको जामले भक्तपुर आउने पर्यटकहरुलाई असजिलो भई रहेको बताउनु भयो ।

पर्यटन वर्ष २०२० कति सफल हुन्छ भन्ने? जिज्ञासामा नगर प्रमुख प्रजापतिले नेपाल आउने पर्यटकहरुलाई विदेशी प्रभाव पर्ने बताउनु भयो । कस्मिर घटनाले निम्तिएको भारत पाकिस्थान बीचको द्वन्द र चीनले समेत त्यसमा चासो व्यक्ति गरिसकेको परिवेशमा केही राजनैतिक घटना घट्यो भने पर्यटन वर्ष प्रभावित हुने पूर्वानुमान गर्नु भयो । वार्षिक ११ लाख पर्यटक आउने नेपालमा पर्यटन वर्ष २०२०को सन्र्दभमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य आफैमा चुनौतिको विषय भएको उल्लेख गर्दै उहाँले नेपालमा वार्षिक ७५ हजार पर्यटक वृद्धि हुँदै आएकोमा एकै वर्ष ८।९ लाख बढी पर्यटक भित्र्याउने सरकारले लक्ष्य लिएर पर्यटन वर्ष २०२० घोषणा गरेको बताउनु भयो ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न चैत्र ४ गते देखि ८ गतेसम्म ५ दिने भक्तपुर महोत्सव आयोजना गर्न १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिसकेको भक्तपुर नगरपालिकाले सन् २०२० पुरै वर्ष महोत्सवमय बनाउने सोचका साथ तयारीमा रहेको भक्तपुर नगरपालिकाले माघ २ गते राष्ट्यि भूकम्प सुरक्षा दिवस पनि मनाउँदै छ भने फागुण महिनामा जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्यटन वर्ष सफल पार्न पठपदर्शकहरुलाई तालिम विभिन्न भाषाहरुको प्रशिक्षण, पर्यटन व्यवसायि, हकर्सहरुलाई समेत तालिम र छलफल कार्यक्रमहरु आयोजना गरी भक्तपुर नगरको साँस्कृतिक र ऐतिहासिक जीवनशैलीलाई जीवन्त राख्ने उदेश्य लिएको छ ।
नेवारी परम्परागत जीवन शैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी , माटाका भाँडा बनाउने सीप प्रदर्शनी लगायतका गतिविधीहरुले भक्तपुर नगरको जीवन्तता प्रस्तुत गर्ने छन् । भक्तपुर महोत्सवको अवसरमा हस्तकलाको जीवन्त प्रदर्शनी , दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शन, साँस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगिताका कार्यक्रमहरु समेत तय गरेको छ ।
पर्यटन वर्षको पहिलो दिन प्रभातफेरी तथा साँस्कृतिक कार्यक्रम आयोजन ागर्ने उपप्रमुख रजनी जोशी, श्रेष्ठले जानकारी दिनु भयो । बाँसुरी बाजा र लाखे प्याखं सहित नेपाल पर्यटन वर्ष२०२०को अवसरमा प्रभातफेरी आयोजना गरी भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुको लागि कार्यक्रमका प्रमुख अतिथीबाट निःशुल्क पास प्रदान गर्ने, ३२९ वर्षको पुरानो ऐतिहासिक नगरा बाजाबाट नेपाल भ्रमण वर्ष २०२० र अतिथिहरुलाई स्वागत गर्ने बताउनु भयो । सो अवसरमा साँस्कृतिक साँकी माक प्याखं,लाखे प्याखं, देवी प्याखं प्रस्तुत गर्ने जानकारी दिन्दै तःपुखु(सिद्ध पोखरी) र नःपुखु (गृह्य पोखरी) मा नौका बिहार उद्घाटन गर्ने बताउनु भयो । नौका बिहारका लागि ४ वटा नौका झिकाइ सकेको छ ।
नेपाल भ्रमण वर्षको पूर्वा सन्ध्या ३१ डिसेम्बर (पुस १५ गते) साँझा सन्ध्याकालीन साँस्कृतिक सम्पदा पद यात्रा गर्ने भएको छ । बासुरी बाजा र लाखे प्याखंका साथ ३२९ वर्ष पुरानो ऐतिहासिक तथा साँस्कृतिक नगरा र ठूलो घण्टा बजाउने भएका छन् । सम्पदा पद यात्राले दरवार क्षेत्रमा माक प्याखं र दिपावली गर्ने छन् भने साँस्कृतिक झांकी सहित सम्पदा पदयात्राले तालाक्व ( माटोको भाँडा बनाउने क्षेत्र), टौमढी क्षेत्रमा साँस्कृतिक झांकी भैल प्याखं प्रदर्शनी, दिपावली र नौ वाजा बजाउने, सुकुलढोका र गोल्मढीमा नौ बाजा र दत्तात्रय क्षेत्रमा देवी प्याखं, दिपावली र नौ बाजा प्रस्तुत गर्ने छन् ।














