रेडक्रसद्वारा झौखेलमा १ दिने निःशुल्क स्वास्थ्य शिविर

१५ पौष २०७६, भक्तपुर|
नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको आयोजनामा वी.पी नेत्र आँखा प्रतिष्ठान बाल आँखा, नाक, कान घाटी अस्पताल एवं पुनस्थापना सेवा मनोहरा, भक्तपुरको प्राविधिक सहयोगमा झौखेलमा १ दिने नाक, कान, घाटी र आँखा शिविर सम्पन्न भएकोछ । नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको भवनमा संचालित शिविरमा ३८ महिला र ५७ पुरुष गरी १०५ जनाको आँखा, नाक, कान घाटी परिक्षण गरिएको थियो ।

शिविरमा परिक्षण गर्न आएका मध्येबाट ६ जना विरामीलाई थप उपचारको लागि वी.पी नेत्र प्रतिष्ठानमा रिफर गरिएको कुरा नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाका सभापति धर्मेन्द्र थापाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा जिल्ला शाखा अन्तर्गतका २१ वटै उपशाखामा यस प्रकारका स्वास्थ्य शिविर संचालन गरिने कुरा जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।