टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय किर्तिमान, जुडोमा सोनिया पराजित ।
टोकियो ओलम्पिकमा सहभागि नेपालका कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । कल्पनाले सुटिङ्गमा महिला तर्फ छनोट चरण अन्तर्गत १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ । उहाँले राष्ट्रिय किर्तिमान बनाएपनि फाइनल चरणमा भने पुग्नबाट बञ्चित हुनु भएको छ । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहनुभएको छ । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो । नेपालका जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । आज भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित हुनुभएको हो । १९ वर्षका सोनिया विश्व वरीयताको नवौं स्थानमा रहनुभएका रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित हुनुभएको हो । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाउनुभएको थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











