कोभिड संकटमा स्वास्थ्य सेवा र खाद्य सामग्रीमा असहज , अस्भाविक मुल्यवृद्धि विरुद्ध टीआई नेपालद्वारा सारोकारवाला निकायको ध्यानाकषर्ण

कोभिड संकटमा स्वास्थ्य सेवा र खाद्य सामग्रीमा असहज, अस्भाविक मुल्यवृद्धि विरुद्ध टीआई नेपालद्वारा सारोकारवाला निकायको ध्यानाकषर्ण

काठमाण्डौ, जेष्ठ १६ गते
कोभिड संकटमा स्वास्थ्य सेवा, खाद्य र फलफुल सामग्रीमा समेत असहज, कोलोबजारी र अस्वभाविक मुल्यबृद्धि भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालले अनुगमण गरि दोषिलाई कार्वाही गर्न समेत माग गदै सरोकारवाल निकायको ध्यानाकर्षण गराउँदै आईतबार ज्ञापन पत्र बुझाएको छ ।
टिआइ नेपालका कार्यकारी अधिकृत आशिस थापाका अनुसार काण्माण्डौ जिल्लाका स्वास्थ्य सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, काठमाण्डौ महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गेकर्णेश्वर नगरपालिका लगायत १२ वटा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन । सञ्चार माध्यम र नागरिक स्तरमा सो विषयमा व्यापक गुणासो रहेको उल्लेख गर्दै सहजिकरणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन ।
विगत २५ वर्षदेखि भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नागरिकको दैनिकी
भ्रष्टाचारमुक्त होस्, देशमा सुशासन कायम होस्, राज्यका निकायहरूमा जवाफदेहिता र पारदर्शिता बढोस् भन्ने उद्देश्य लिई
राज्यका निकायकासाथै नागरिक समाज, सञ्चारजगत् आदिसँग सहकार्य गर्दैआएको उहाँले बताए । सामाजिक जवाफदेहिता र सदाचार अभिबृद्धि गर्न महामारी नियन्त्रणमा सरकारले गरेका प्रयासहरूबारे सचेतनासम्बन्धी कार्य, सार्वजनिक सेवा प्रभाव र
सोसँग सम्बन्धित समस्याबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएर सहयोग पनि गर्दै आएको उल्लेख गर्दै कोराना भाइरसबाट देश आक्रान्त भइरहेको बेला सञ्चारमाध्यममा आएका तथा नागरिकबाट प्राप्त गुनासोकाहरुमाथि ध्यानाकर्षण गराँदै काठमाण्डौ जिल्लाका स्वास्थ्य निकाय र स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा स्वास्थ्य सेवा सहजरुपले पाउन नसकेको, अस्पताल पुगेर पनि बेड, अक्सिजनसमेत नपाएका कारण गरिब, सिमान्तकृत, जोखिममा रहेका नागरिक आदिले समानरुपमा उपचारको सुविधा पाउनबाट वञ्चित हुनु परिरहेको अवस्था सिर्जना भएकोले यस सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक अनुगमन गर्नुपर्ने देखिएको उल्लेख गरेको छ । यसै गरी स्वास्थ्य सामग्रीहरू औषधि, अक्सिजनलगायतका सामग्रीहरूमा कालोबजारी भइरहेकाले नागरिकले उचित मूल्य तिरेर पाउन
नसकि रहेको जनाएको छ । निजी अस्पतालहरूले महामारीको समयमा आफूखुसी उपचार शुल्क लिएकाले धेरैभन्दा धेरै सर्वसाधारण नागरिक ती अस्पतालहरूको सेवा पहँुचमा पुग्न नसकेका भन्दै निजी अस्पतालले दिइरहेको सेवा सम्बन्धमा सम्बन्धित
निकायबाट नियमितरुपमा अनुगमन हुनसके गुनासोहरूको समाधान हुने सुझाएको छ । यसै बीच महामारीको समयमा खाद्य सामग्री, फलफूल, तरकारी तथा औषधिलगायतका सामग्रीमा अस्वभाविक मूल्य बृद्धि भएकोले त्यसलाई रोक्न प्रभावकारी अनुगमन गरी गल्ती गर्नेलाई कारबाही गर्न सके आम–नागरिकले यसबाट राहत पाउने उल्लेख गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक
पहल गरियोस्भनी सो ज्ञापन पत्रमार्फत अनुरोध गरिएको टिआइका विनोद भट्राईले जनाएको छ ।