भक्तपुर, कार्तिक २५ गते । अन्तर्राष्ट्यि प्रचलन अनुसार सिमा क्षेत्रको २० किलोमिटरसम्म सैनिक व्यारेक राख्न नपाउने भएकाले लिम्पियाधुराबाट भारतीय सेना तुरुन्त हटाएर मात्रै सिमा वार्ता गर्नुपर्नेमा जोड दिन्दै परराष्ट्विद हिरण्यलाल श्रेष्ठले नेपाली जनता, राजनैतिक दलले भारतीय हस्तक्षेपको विरोध गरी रहँदा नेपाल सरकारले जिम्मेवार भएर यसमा पहल गर्नुपर्ने बताएका छन । लिम्पीयाधुरा नेपाल, भारत र चीनको सिमास्तम्भ समेत रहेकाले त्रीदेशीय सहमति खोज्न अन्तर्राष्ट्यि परम्परालाई पालना गरेर सिमा विवाद समाधान खोज्न आग्रह गरेका हुन ।
आज विहानको सन्र्दभ विचारमा अन्र्तवार्ता दिनु हुँदै परराष्ट्विद श्रेष्ठले पुस्तौ देखि सिमाविवाद खेल्दै आएको नेपाली जनताले पुर्खाले बैज्ञानिकरुपले स्थापना गरेको दस गजा क्षेत्र खुलाएर सिमा सुरक्षा गर्नुपर्नेमा जोड दिनु भयो । हाम्रा पुर्खा कति विद्धान थिए परराष्ट्विद श्रेष्ठ भन्छन् हाम्रा पुर्खाले दस गजा बनाएर देशको सिमा सुरक्षा अपनाएका थिए,त्यसलाई मात्रै कार्यान्वयन गरेमा सिमा विवाद सधैको लागि अन्त्य हुन्छ । त्यति पनि गर्न नसक्नु भारत परस्त भएर सत्तामा रहनु हो ।
राणा फाल्न राजाले भारतको शरण लिए, पञ्चायती फाल्न तथा राजा हटाउन लोकतन्त्रको नाममा दलले भारतको शक्ति प्रयोग गरे, राष्ट्यि स्वाभिमान र सार्वभौमिकता कमजोर हुने गरी महाकालि, टनकपुर जस्तो राष्ट्घाटी सम्झौता गरे । त्यसैले त अन्तर्राष्ट्यि परम्परा र मूल्यमान्यताको अबमूल्यन हुने गरी नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेखमा भारतीय सेना लाज पचाएर बसि रहे । दलहरुले चुनावी नारा र आफूलाई देशभक्त देखाउने हिसावले मात्रै देशको सिमा सुरक्षालाई लिन नहुने परराष्ट्विद श्रेष्ठको ठम्याइ छ ।
देशका ७१ स्थानबाट ६० हजार हेक्टर जमिन अतिक्रमण गरी नेपालको सार्वभौमिकता माथि भारतले ठाडे हस्तक्षेप गरी रहँदा पनि ध्यान दिन नसक्ने सत्तासिन दल र नेताहरुले नै यसको दोसि रहेकोमा जोड दिन्दै परराष्ट्विद श्रेष्ठले सन्धी सम्झौताका फाइलहरु लुकाउने, गायबपार्ने उच्चस्तरका कर्मचारीतन्त्रका कारणले पनि देशको सार्वभौमिकता जोखिममा पर्दै आएको छ । नापी कार्यालय लगायत सरोकारवाला निकायले ऐतिहासिक प्रमाणहरुलाई प्रकासमा ल्याएर सिमा विवाद बारे आफ्नो प्रस्त धारणा आउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै हालै बसेको सर्वपक्षीय वैठक र छलफलले देशको सिमा सुरक्षाका लागि थप उर्जा मिलेकाले यसलाई त्यतिकै सेलाउन दिनु हुँदैन । विगतमा पनि सिमा विवाद बारे धेरै संघर्ष भए, त्यतिकै सेलाए अव यसलाई उपनिर्वाचनको विषय मात्र बनाउनु हुँदैन यसलाई दीर्घकालिन समाधानको लागि सरकार लाग्नुपर्छ । नेमिकपा भक्तपुरका साँसद प्रेम सुवालले पनि सर्वपक्षिय बैठकमा राष्ट्यि स्वाधिनता र देशभक्तिपूर्ण भावना राख्नु भयो, खुुसि लाग्यो परराष्ट्विद श्रेष्ठ भन्छन् ।












