वातावरण प्रदुर्षण एवं सवारी दुर्घटना न्यूनिकरणका लागि देशको सन्तुलित विकास हुनुपर्नेमा जोड :सचिब सुवाल 

वातावरण प्रदुर्षण एवं सवारी दुर्घटना न्यूनिकरणका लागि देशको सन्तुलित विकास हुनुपर्नेमा जोड :सचिब सुवाल
भक्तपुर, माघ २० गते
वातावरण प्रद्र्षण एवं सवारी दुर्घटना न्यूनिकरणका लागि देशको सन्तुलित विकास हुनुपर्नेमा जोड दिन्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर ट्क व्यवसायी प्रा.लिको २० र २१ औं वाार्षिक साधारण सभाको आज उद्घाटन गर्नु भयो । जनताको सांस्कृतिक स्तर उकास्न नसकेसम्म देश र जनताको सामरिकस्तर नबढ्ने भन्दै सचिव सुवालले यात्रुलाई पहिलो प्राथमिकता दिन सके सडक दुर्घटना न्यूनिकरण हुने उल्लेख गर्नु भयो । उहाँले देशमा राजनैतिक तरलता भएसँगै विदेशी हस्तक्षेप बढ्ने गरेको बताउनु भयो । देशको बार्षिक बजेट भन्दा बढी ब्यापारघाटा भइरहेको सन्दर्भलाई कोत्याउदै स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउनु भयो । विद्युतमा आत्मनिर्भर भए मात्र पनि विदेशबाट ग्याल आयात गर्न नपर्ने उल्लेख गर्दै महिनाको एक सय रुपिँया विद्युत खर्चले घर चल्ने विचार व्यक्त गर्नु भयो ।


शहरहरु धुवा, धुलो र रसायनबाट सबै प्रभावित भएकाले उद्योगहरुको नियमन हुनुपर्ने बताउँदै २० वर्ष पूराना गाडीलाई फाल्ने नभई गाडी मर्मत सम्भार गर्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । गाडी बनाएर कन्डिशनमा राख्न सके दुर्घटना पनि नहुने तथा लगानी पनि खेर नजाने उल्लेख गर्दै सचिव सुवालले सवारी धुँवा पासमा समेत आर्थिक लेनदेन भएकाले प्रदुर्षण बढेको उल्लेख गर्नु भयो । वातावरण स्वच्छ राख्न सार्वजनिक यातायातलाई जोड दिनुपर्ने बताउँदै उहाँले स्वीडेनमा धँुवा प्रदुर्षण नियन्त्रणका लागि साइकल चढ्ने अभियान सञ्चालन गर्ने गरेको उल्लेख गर्नु भयो । वातावरण प्रदर्षणले मानिसको मुटु, फोक्सो, स्वास प्रश्वास, उच्च रक्तचाप लगायत बाल मृत्युदर बढ्ने तथा आय समेत कम हुनुका साथै पर्यटन आवागमणमा समेत कम हुने विचार व्यक्त गर्नु भयो ।
सरकारले जनमत पाएको ३ वर्षमा पनि उलेखनीय काम गर्न नसकेपछि जनता समक्ष जानु स्वभाविक भएको तर मिलोमतोभएपछि समस्या हुने र कानुन र व्यवहारलाई मिलाएर लानुपर्नेमा जोड दिनु भयो । सुर्खेतमा मालपोतको उजुरीमा ७ दिन जनतालाई थुनेकोमा आपति जनाउँदै जनताको काम नगरेपछि कराउनु स्वभाविक भएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उद्यमी ब्यवसायीका समस्या र गुनासाहरुलाई प्रशासन, स्थानीय तह र व्यवसाय मिलेर समाधान गर्न सकिने उल्लेख गर्दै पात्र फरक फरक आए पनि तिनीहरुको प्रवृतिमा फरक नभएकाले निकास नआउने गरेको उल्लेख गर्दै तथ्य भन्दा भाइरल हुने पत्रकारिता गर्ने पत्रकारहरुको प्रवृतिमा पनि समस्या रहेको उल्लेख गर्नु भयो । राज्यको क्षमता भन्दा बढी आँकन नहुने उदृत गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराइले छलफल गरेर हुनेसम्मको समस्या समाधान खोज्ने बताउनु भयो । ट्क व्यवसायीका साझ समस्यासँगै सामान धुवानी गर्ने गाडीको लापर्वाहीलाई पनि सुधार गर्न सके मात्र सवारी दुर्घटना न्यूनिकरण हुने सुझाव दिनु भयो ।


भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गाडीलाई राम्रोसँग राख्ने चालकलाई सम्मानित गर्ने तथा नियमित सवारी सचेतनाका लागि तालिमहरु दिन आवश्यक भएको बताउँदै सरकारको नीति र व्यवहार फरक हुँदा व्यवसायीहरुले दुःख पाइरहेको बताउनु भयो ।

आयोजक समितिका सल्लाहकार विश्वराम कवांले आआफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न सके समाजमा बिकृति नआउने बताउनु भयो । ट्क व्यवासयले पनि आफ्नो इज्जत र प्रतिस्था कायम गर्नुपर्नेमा जोड दिन्दै उहाँले चालक परिचालकले देशामा योगदान गरी रहेको बताउनु भयो ।


प्रालिका पूर्व अध्यक्ष तथा भनपा ८का वडा अध्यक्ष महेन्द्र खायमलिले संघले सिडिकेट लगायो भनेर प्रालिमा जानुपर्ने अवस्था सृजना गरेको ब्यहारमा समुदायलाई प्रालि र संघ हुनुमा फरक नदेखिएको उल्लेख गर्दै नियमानुसार ब्यवासाय सञ्चालन गर्न अवरोध गर्न नहुनेमा जोड दिनु भयो । अर्का संघका पूर्व अध्यक्ष नविन प्रजापतिले व्यवसायीलाई कोभिडको दैब र सरकारको ब्यवहारले बिस्थापित हुने अवस्थामा पुर्याएको उल्लेख गर्दै पहुँचबालाले मात्रै सञ्चालन गर्न पाउने गरी साना व्यवसायीलाई दुःख दिएकोमा विरोध गर्नु भयो । दुवानी व्यवासया सहज रुपमा सञ्चालन हुन पाएको भए मात्रै सेवा पनि सुलभ हुने बताउनु भयो ।
भक्तपुर इटा उद्योग ब्यवासायी संघ अध्यक्ष नातीभाई ह्यौबाले कोभिडका कारण ब्यवसायीहरु आर्थिक र मानसिक रुपले चिन्तामा परेको बेला सरकारले ब्याज मिनाह र समयाबढी बढाइ दिनुपर्नेमा जोड दिनु भयो ।
भक्तपुर ट्क व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मिप्रसाद गोराले सभाको सभापतित्व ग्रहण गर्दै ब्यवसाय प्रवर्धनमा आएका सुझावहरुलाई मनन गर्दै ब्यवहारमा उतार्न प्रण गर्ने उल्लेख गर्दै उहाँले ट्क व्यवसायीले साना ठूला सवारी दुर्घटनामा ठूला गाडीलाई नै दोस दिने र खर्च भराउने परिपाति ठिक नभएको बरु गल्टि गर्नेलाई भराउनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष गोराले सेवाको समयाबधि अनुसार मात्रै कर पनि समायोजन हुनुपर्नेमा जोड दिनु भयो भनेप्रालिका सचिव गणेश त्यातले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै स्वदेशमा अवसर नपाएर युवाहरु विदेश पलायन भएको उल्लेख गर्दै ट्क व्यवसाय प्रवर्धनले पनि राम्रो रोजगार पाइरहेको उल्लेख गर्नु भयो । भूकम्पपछिको घर बनाउन घर खरेकालाई पनि माटो ओसारेको भनि प्रहरी प्रशासनले दुःख दिनु नहुनेमा जोड दिन्दै दुवानी व्यवसायलाई प्रवर्धन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो । सो सभा आयोजक समितिका कृष्णप्रसाद कोजुले संचालन गरेका थिए ।