वाङ्गमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान
काठमाण्डौ, माघ २० गते
वाङ्गमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीले टाँचा प्रदान गरेको छ।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रीपार्वत गुरूङले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट एउटा गौरवमय इतिहासको दस्तावेज भएको वताउनु भयो । उहाँले डा.सत्यमोहन जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्वको रुपमा सय वर्षिय एक सकृय नायक भएकोले नागरिक तहबाट जीवन कालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गर्नु भयो । सोही अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डा. जोशीको जीवनी माथि प्रकाश पार्दै मातृभाषा र राष्ट्रभाषामा लामो समयदेखि नेपाली लोक सँस्कृति, भाषा, साहित्य तथा कलाको क्षेत्रमा अनवरत शोधकार्यमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकार, हुलाक सेवा विभागले रू. १०।- दरको १० (दश) लाख थान हुलाक टिकट प्रकाशनमा ल्याएको वताउनु भयो । सो कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, काठमाण्डौँ तथा ललितपुर महानगरपालिका प्रमुख लगायतका महानुभावहरूको उपस्थिति रहेको मन्त्रालयका सहसचिव/प्रवक्ता डिल्लीराम शर्माले जानेको छ।














