बैक तथा वित्तिय संस्थाका पूजीपति संञ्चालकहरुले सहकारी अभियानलाई फेल वा असफल पार्न लागि परेको आरोप लगाउँदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले जनहित बहुउदेश्य उपभोक्ता सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभाको आज उद्घाटन गर्नु भएको छ । सल्लाघारी सपिङ्ग सेन्टरमा आयोजित साधारण सभामा बोल्दै अध्यक्ष लाखाजुले बैक तथा बित्तिय संस्थाहरुले बढी ब्याज दिएर जनताको पैसा जम्मा गर्न थालेको कुरालाई सहकारीले ध्यान दिन सकेन भने जनताको पैसा बैंकमा जम्मा हुन गएकाले अहिले सहकारीमा तलरताको अभाव हुन थालेको उल्लेख गर्दै सदस्यको भावना अनुसार सहकारी अभियान बारे सदस्य समुदायलाई राम्रसंग बुझाउन आवश्यक भएकोमा जोड दिनु भयो । साधारण सभामा सहभागि हुने सदस्यहरु लभांस लिन, चिया र सम्मेबजीमा मात्रै झुल्ने तर सहकारी गतिविधि बारे ध्यान नदिने गरेको प्रति तिप्पणी गर्दै उहाँले सदस्यको चाहनालाई पनि ध्यान दिएर साधारण सभाका गतिविधि गर्न आवश्यक भएको प्रति आयोजकहरुको ध्यानाकर्षण गराउनु भयो । भक्तपुरमा ११ वटा उपभोक्ता सहकारी संस्थाहरु रहेका मध्ये जनहित र सर्वशुलभ सहकारीले मात्रै हिसाव किताव प्रस्तुत गर्दै वार्षिक साधारण सभा आयोजना गर्न सकिरहेको बताउनु भयो ।
उहाँले देशमा ४ किसिमको सहकारी रहेको उल्लेख गर्दै त्यस मध्य उपभोक्ता सहकारी सञ्चालन गर्न बढी गाह्रो हुने, करको भार पनि बढी हुने, नगरपालिका तथा नाप तौल विभागबाट पनि अनुगमणको नाममा दुःख दिने गरेको प्रति आलोचना गर्दै एक दुई जना ब्यक्तिले नाफाका लागि चलाउने पसललाई भन्दा समुदायका लागि खाद्यान्न निफरी, सफा गरी प्याकिङ्ग समेत गरी ब्यवस्थित तरिकाले सेवा दिने उपभोक्ता सहकारीले सञ्चालन गरिएका पसलहरुलाई थप व्यवस्थित पार्न नीतिगत रुपमै ब्यवस्था गर्न आवश्यक भएकोमा उहाँले जोड दिनु भयो । संस्थाका अध्यक्ष राध्येश्याम सुवालको सभापतित्वमा भएको सो साधारण सभाका अतिथी सल्लाधारी सपिङ्ग सेन्टरका अध्यक्ष कृष्णगोविन्द खाइजुले समुदायमा आधारित नभएका सहकारीहरु जनताको पैसा लिएर धमाधम भाग्न थालेको बताउदै समुदायमा आधारित सहकारीमा मात्रै बचत गर्न आग्रह गर्नु भयो । जनहित बहुउदेश्य उपभोक्ता सहकारीले विस्तारै राम्रो गर्दै आएको चर्चा गर्दै यसका सदस्य संस्था बाढाउनुपर्नेमा जोड दिनु भयो । सो अवसरमा संस्थाका सल्लाकार तथा निर्वाचन समितिका संयोजक रामकृष्ण मानन्धरले पनि सुभकामना ब्यक्र गरेको थियो भने संस्थाका सचिव रोहित मानन्धरले आ.व. २०७८।०७९को प्रतिवेदन, कोषाध्यक्ष रत्नलाल सादले आ.व. २०७८।७९को आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
४सय ५८ सदस्य संख्या पुगेको सो सहकारी भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाको सिमा क्षेत्रमा रहेकाले कार्य क्षेत्र विस्तार गर्ने, सदस्य संख्या वृद्धि गर्ने, लगानी बढाउने, ऋण असुल्ने नीति सहित सहित ३ वर्षिय योजनाहरु बारे अध्यक्ष राध्येश्याम सुवालले सो अवसरमा प्रस्तुतीकरण गर्दै सहभागि सदस्यहरुबाट पारित गराएका थिए भने लेखा समितिका स्वंर्गीय सदस्य राध्येश्याम बार्टीको रिक्त पढ्मा पढ्पुर्तिका लागि आज निर्वाचन सम्पन्न गरी शिवप्रसादलाइ निविरोर्ध निर्वाचित गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













