सडक दुर्घटनामा घाइतेको मृत्यु पछि फरार चालक पक्राउ
भक्तपुर, मंसिर १० गते
सडक दुर्घटना गरी फरार भएका चालक घाइतेको मृत्युपछि आज भक्रपुर प्रहरीद्वारा पक्राउ परेको छ । सवारी दुर्घटना गर्ने सिराहा घर भएका चालक अर्जुन वि.क.को पहिचान गरी चालक विक र सवारीलाई प्रहरीले आज नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जनाएको छ । चालक विकले मंसिर ५ गते विहान ०६ः०३ बजेको समयमा पलासे भक्तपुरमा एक यात्रुलाई ठकर दिएको थियो । बनेपाबाट काठमाण्डौ आइरहेको तरकारी जस्तो बोराम लोड गरी आईरहेको सेतो रङको बोलेरो टाईपको गाडिले अरनिको राजमार्गस्थित पलासेमा बस्ने बर्ष ६५ की ललित कुमारी कार्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई गम्भिर घाइते बनाएर चालक फरार भएका थिए । घटना पछि डा. इवामुरा अस्पतालमा उपचारको लागि लगिएको भए पनि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौ पठाएको थियो सोहि अस्पतालका सम्बन्धित चिकित्सकले मंसिर ६ गते मृत घोषणा गरेका थिए भने फरार चालकलाई प्रहरीले खोजविन गरी पक्राउ गरेको छ ।
फरार रहेको सवारी र सवारी चालकको सम्बन्धमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्र.नि. राज कुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले सुक्ष्म रुपले अनुसन्धान गर्ने क्रममा दुर्घटना गराउने गाडी प्रदेश २(०१(००१ च. ०१८० नं.को सवारी खुलेको र उक्त गाडीको चालक जिल्ला सिराहा गोलबजार बस्ने बर्ष २४ को अर्जुन वि.क. भन्ने समेत खुलेपछी ई.प्र.का. गोलबजार, सिराहासंग समन्वय गरी निज चालक र सवारी साधन समेत पक्राउ गरी मिति २०७७।०८।१० गते महानगरीय वृत्त जगाती भक्तपुरमा ल्याई सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी गिरीले जनाएको छ ।













