आज थप १३५१संक्रमित, ७४२ जना कोरोना मुक्त
भक्तपुर, असोज १२ गते
कोरोनाले आज भक्तपुरका ३६ जना संक्रमित हुँदा देशभर १ हजार ३५१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिंगकाक्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाण्डौ उपत्यकाका ८१७ सहित देशभर आज १हजार ३५१ जना थप संक्रमित रहेको जनाएको हो । पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा १हजार ३५१ जनामा पोजेटिभ आएसँगै हाल कुल संक्रमतिको संख्या ७४हजार ७४५ पुगेको बताएको छ भने पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६४० जना पुगेको छ । कोरोना निको हुने दर ७३ प्रतिशत रहेको छ | सक्रिय संक्रमित १९ हजार ६२४ विभिन्न आइसोलेसनमा उपचारत छन् भने ६ हजार ३१० क्वारेन्टिनमा रहेको पनि प्रवक्ता डा. गौतमले जनाएको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ४ जनाको मृत्यु भएको उल्लेख गर्दै मन्त्रालयले मृत्यु हुनेको संख्या ४८१ पुगेको पुष्टि गरेको छ ।
कोरोना संक्रमणमा बागमती प्रदेश अग्र स्थानमा छ । आज संक्रमित मध्ये ८९३ जना संक्रमित यसै प्रदेशका रहेका छन् । काठमाण्डौ उपत्यकामा थपिएका ८१७ जना संक्रमतिहरुमा काठमाण्डौका मात्रै ६४९ जना छन् भने ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार काठमाण्डौका २३५ महिला र ४१४ पुरुष गरी ६४९जना, ललितपुरका ५० महिला र ८२ पुरुष गरी १३२ र भक्तपुरका १६ महिला र २० पुरुष सहित ३६ जना गरी ८१७ जना संक्रमित थपिएका हुन ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














