जनप्रतिनिधीद्वारा रानी पोखरीको स्थलगत निरीक्षण

 

भक्तपुर, असोज १३ गते

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले बन्दै गरेको ऐतिहासिक रानीपोखरीको स्थलगत निरीक्षण गरेका छन् | नगर्लालिका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनःनिर्माण कार्यको सोमबार स्थलगत निरीक्षण गर्नु भएको हो । निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, १ नं. वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा सम्पदा शाखा प्रमुख ई. रामगोविन्द श्रेष्ठ र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।