कोरोना संक्रमित भक्तपुरका एक सहित थप ७ को मृत्यु

कोरोना संक्रमित भक्तपुरका एक सहित थप ७ को मृत्यु

काठमाण्डौ, भाद्र १३ गते
कोरोना संक्रमित भक्तपुरका एक सहित थप ७ को मृत्यु भएको छ | कोरोना संक्रमणपछि उपचारमा रहेका भक्तपुरका थप एक जनाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । शनिबार बिहान ६ः४० भक्तपुरका ६२ बर्षीय एक संक्रमित महिलाको मृत्यु भएको जनाएको हो । सो अस्पतालमा उपचारत काठमाण्र्डौका अर्का संक्रमित ५१ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको सो अस्पतालले जनाएको छ । यसै गरी गएराती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८४ वर्षीय एक पुरुषको पनि मृत्यु भएको थियो । चितवन मेडिकल कलेजमा बाराकी ४७ वर्र्षीया कोरोना संक्रमितको पनि शनिबार बिहान मृत्यु भयो । बीरजञ्जमा भने वीरगञ्ज महानगरपालिका १२ की ४३ वर्षीय पुरुष, ६५ वर्षीय महिला र वीरगञ्ज महानगरपालिका २२ का ३७ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । ४३ वर्षीय कोरोना संक्रमित पुरुषलाई थप उपचारका लागि काठमाण्डौ ल्याउनेक्रममा मुग्लानमा मृत्यु भएको बताएको थियो ।