भक्तपुरका थप १४ जनामा कोरना संक्रमण देशभर ७ जनाको मृत्यु पुष्टि

भक्तपुरका  थप १४ जनामा कोरना संक्रमण

देशभर ७ जनाको मृत्यु पुष्टि

भक्तपुर, भाद्र ९ गते
मंगलबार पनि भक्तपुरका १४ जनामा कोरोना संक्रमण भएको छ । ललितपुरका १९ र काठमाण्डौका १९९ गरी उपत्यकामा एक्कै दिन २३२ जनामा कोरोना संक्रमण पुष्टि गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एक्कै दिन थप ८५५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । १० हजार ४५३ जनाको पीसिआर परीक्षण गर्दा ८५५ जना थप संक्रमित हुँदै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार ५२३ पुगेको छ । गत २४ घण्टामा ३१३ जना कोरोना निको भएर घर फर्केका छन् । भने थप ७ जनाको मृत्यु हुँदा कोरोना संक्रमित भई मृत्यु हुने १६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा भने हाल १० हजार ४५३ जना रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।