नेपालमा कोरोना बिरुद्ध ३ देशका ३ खोपको तयारी, होंसिले पायो अनुमती
काठमाडौं, भाद्र ९ गते
नेपालमा विभिन्न ३ देशका ३ वटा कोरोनाका खोपहरु परीक्षण गर्ने तयारी थालेको छ । चीनको होंसीलाई भने नेपालमा रहेका चीनियाँ नागरिकहरुमा मात्रै परीक्षणको अनुमति दिएको छ । कोभिड १९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल टयलको काम अगाडि बढाउन चिनियाँ सिमेन्ट कम्पनी होंसीलाई नेपाल सरकारले स्वीकृती प्रदान गरेको हो । होंसीलाई होंसीमा काम गर्ने चीनियाँ नागरिक वा कामदारलाई सो खोप दिइने बताएको छ । सो अभियानमा नेपाली स्वयंसेवकहरु समेत परिचालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।
नेपालमा कोरोना विरुद्ध खोप परीक्षणको लागि भएका विदेशी निकायहरु चीनको होंसी, बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अष्ट जेनेका र रुसको गेमेलिया रहेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मात्र यस्ता खोपहरुको परीक्षण गराउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणमा छलफल समेत गरिसकेको छ भने रुसी खोप निर्माता गेमेलियाको तेस्रो चरणको टयलकालागि रुसी राजदुतसँग समन्वय भईरहेको पनि बताएको छ ।














