शुक्रबार उपत्यकाका ३८ जना कोरना संक्रमित
१ महिलाको मृत्यु
काठमाण्डौ, श्रावण १६ गते
भक्तपुरका १ जना सहित काठमाण्डौ उपत्यकामा शुक्रबार ३८ जनामा कोरना संक्रमण भएका छ भने पाटन अस्पतालको आइसियूमा उपचारत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जबाट आएकी ६५ वर्षीय ललितपुरकी एक महिलाको मृत्यु भएको हो । उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिईन । निमोनियाको उपचारको क्रममा निधन भएपछि उनको सब व्यवस्थापन नेपाली सेनाले गर्ने भएको अस्पतालले जनाएको छ । शुक्रबार साँझ सम्म २सय२४मा कोरना संक्रमण भएको मन्त्रालयले जनाएको हो । योसँगै देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
शुक्रबार काठमाण्डौमा संक्रमति ३८ जनाहरुमा भक्तपुरका १ जना, ललितपुरका ५ जना र काठमाण्डौका ३२ जना रहेका थिए । । शुक्रवार १ सय ५१ कोरना मुक्त भएसँगै निको हुनेको संख्या १४ हजार ३ सय ९९ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौ उपत्यकामा संक्रमितको संखया ५ सय ९७ पुगेको छ । संक्रमितहरु काठमाण्डौका मात्रै ४ सय २३ जना, ललितपुरका ९७ जना र भक्तपुरका ५७ जना संक्रमित रहेका हुन् । शुक्रबार एक महिलाको मृत्युसँगै कोरना भाइरस संक्रमण भएका मृत्यु हुनेको संख्या देशमा ५६ पुगेको छ । लक डाउन खुलेपछि १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बाहिरबाट काठमाण्डौ आउनेहरुका कारण राजधानीमा कोरोना भाइरस संक्रमण बढेकाले साँझ ७ बजे देखि विहान ७ बजेसम्म काठमाण्डौ प्रवेशमा रोक लागाउँदै उपत्यकाका १८ स्थानीय तहहरुले नागरिकलाई बारका आधारमा सेवा दिने ब्यवस्थाका लागि बिहिबार जिल्ला प्रशासन कार्यालयहरुले सूचना प्रेसित गरेको थियो । संक्रमितको संख्या बढेसंगै परीक्षणको डायरा पनि बढाएको छ । शुक्रवार मात्रै १० हजार ७ सय ६८ जनाको कोरना परीक्षण गरिएको छ । देशभर स्थापना गरिएका २८ वटा प्रयोगशालाहरु मध्ये २० वटा प्रयोगशालाहरुबाट गत २४ घण्टामा कोरना परीक्षण गरिएको हो । यसै गरी मास्क नलगाई हिड्ने २ लाख मानिसलाई कार्वाही गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने सडकमा हिड्ने १६ हजार मानिसलाई मास्क वितरण समेत गरेको प्रवक्ता गौतमले जनाएको छ ।















