संस्थागत र दीगो विकास लक्ष्य प्राप्तिका लागि वस्तुगत संघ संस्थाहरुलाई एक दिने तालिम आयोजना

संस्थागत र दीगो विकास लक्ष्य प्राप्तिका लागि वस्तुगत संघ संस्थाहरुलाई एक दिने तालिम आयोजना

भक्तपुर, श्रावण १६ गते
संस्थागत र दीगो विकास लक्ष्य प्राप्तिका लागि वस्तुगत संघ संस्थाहरुले आफ्नो क्षमताको पहिचान र समस्या एवं चुनौतिहरुको सामना गर्ने सामथ्र्य विकास गर्नुपर्नेमा जोड दिन्दै भक्तपुर उद्योग बाणिज्य संघले एक दिने संघ ब्यवस्थापन सम्वन्धि तालिम दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएका ३८ वटा वस्तुगत संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा भक्तपुरमा शुक्रबार आयोजना भएको एक दिने सो तालिमले ब्यवसाय प्रवर्धनका साथै सामाजिक दायित्वलाई पनि उकास्ने कुरामा जोड दिएका छन् । स्थानीयस्तरमा गरीव, विपन्न वर्गको उद्यम विकास, नीतिगत सुधारमा योगदान गर्न सके मात्रै बस्तुगत संघ संस्थाको दीगो विकास र संस्थगत विकासका आधारहरु बन्ने विश्वास व्यक्त गर्दै प्रशिक्षक प्रकाश कोइरालाले देश विदेशका समय सान्दर्भिक सिप र प्रविधिलाई पनि नियमित अध्ययन, अनुसन्धान गरी कार्यान्वयनमा ल्याउन सक्नुपर्नेमा जोडदिनु भयो ।

हामी सुन, औषधी जस्तो महंगो सामान किन्दा भाउ घटाउनेमा ध्यान दिन्दैनौं तर स्थानीय किसानको जीवीकोर्पाजनसँग जोडिएका तरकारी किन्दा मूल्य घटाउन हरेक दिन दबाफ दिन्छौं यस्ले साना किसानहरुको उद्यमशिलता विकास हुँदैन प्रशिक्षक कोइरालाले बताउनु भयो । उहाँहरुलाई पनि उद्यमशिल बनाउन प्रोत्साहित गर्नुपर्छ उहाँले भन्नु भयो । किसानले सहकारीमार्फत केही बचत र ऋण परिचालन गर्न थालेको छ । यसबाट ब्यापार ब्यवसाय गदै उनको परिवार पालि रहेकोछ । खेतिकिसानीबाट बचेको पैसाले उनको उद्यम विकास गर्ने, बजार प्रवर्धन हुने विचार राख्दै उहाँले दक्ष जनशक्ति विना संस्थागत विकास संभव नहुने बताउनु भयो । विभिन्न विद्यालय कलेजहरुको पठनपाठन र सिप सिकाइले दक्ष जनशक्ति उत्पादन भइ रहेकाले उद्यमी ब्यवसायी ब्यापारी मात्र नभई नीति निर्माणमा पनि स्थानीय स्तरमा योगदान गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सघंमा आबद्ध हुनुको महत्व र औचित्यलाई बुझेर आफूलाई संस्थागत र सामाजिक विकास गर्न सक्षम हुन आग्रह गर्नु हुँर्दै संघ संस्थालाई संस्थागत विकास एवं व्यवस्थापनका लागि श्रोतको खोजी, परिचालन, समय व्यवस्थापन, दक्षताबृद्धि लगायत विभिन्न विषयहरुमा तालिम तथा परामर्श दिनु भयोे ।

भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठको सभापतित्वमा भएको सो तालिमको शुभारम्भमा अध्यक्ष श्रेष्ठले बस्तुगत संघ संस्थाहरुको संस्थागत र दीगो विकास एक्लै लागेर नहुने भएकाले सबै एकजुत भएर लाग्नुपर्नेमा जोड दिनु भयो । संघ संस्थालाई संस्थागत विकासका लागि भरपर्दो निरन्तरको स्रोत र दक्ष जनशक्ति आवश्यक हुने उल्लेख गर्नु हुँदै उहाँले यस अभियानमा देखिएका अवसर र चुनौती दुबैलाई सदुपयोग र सामना गर्दै अघि बढ्न सकेमात्रै लक्ष्य पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो । स्रोत र सिपको अभावमा कयौं संघ संस्थाहरु बन्द भएको, अगाडी बढ्न नसकिरहेको बेला जिल्लामा रहेका वस्तुगत संघ संस्थाहरुको दक्षता विकासकालागि संघले तालिमको आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

संघका पूर्व अध्यक्ष एवं सल्लाहकार, केपी अवाल, वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, पृथ्वीकुमार प्रजापति, प्रशिक्षक प्रकाश कोइरालाको आतिथ्यतामा भएको सो तालिममा पूर्व अध्यक्ष एवं सल्लाहकार युवकराज राजभण्डारीले २०६० देखि ६४ सालसम्मको आफ्नो अध्यक्षको कार्यकालमा ब्यवसायीक एकतालाई शक्तिको रुपमा विकास गर्ने अभियान सुरु गरेको बताउनु भयो । २०६२ साल देखि बस्तुगत संघ संस्थाको गठन कार्य सुरु गरेको उल्लेख गर्नु हुँदै उहाँले उद्यमी ब्यवसायीहरुको साझा समस्या समाधानका लागि दरिलो भएर सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनु भयो । सबै एक ठाउँमा उभिएपछि मात्रै समस्याको समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले राजनैतिक आग्रह पूर्वाग्रहले उद्मशिलता विकास हुन नसक्ने बिश्लेषण गर्दै उहाँले संघ विकास हुन वस्तुगत संघ संस्था दरिलो हुनुपर्नेमा जोड दिनु भयो ।
जिल्लाका ३८ बटा वस्तुगत संघ संस्थाहरु मध्ये २१ बटा मात्रै भक्तपुर उद्योग बाणिज्य संघमा आवद्ध रहेको जानकारी दिन्दै संघका उपाध्यक्ष रोशन भोय्द्यले सो अवसरमा तालिमको उदेश्यमाथि प्रकाश पार्दै ब्यवसायीहरु बीचको अस्वस्थ प्रतिस्पर्धाले उद्मशीलता विकास नहुने भएकाले अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्नेमा जोड दिनु भयो । बस्तुगत संघ संस्थाहरुलाई अगाडी बढाउन संघले नेतृत्वदायी भूमिका खेल्दै आएको जनाउँदै उहाँले सबै उद्यमी ब्यवसायीको प्रवर्धन, दक्षतावृद्धिका लागि विभिन्न तालिमहरु आयोजना गर्दै आएको र विषयगत संघ संस्थाको आवश्यकताको आधारमा थप तालिम परामर्श दिन पनि तयार रहेको जनाउनु भयो । व्यवसायका कर, नीतिगत समस्याहरुको समाधानका लागि आफ्नो नेतृत्वमा ५ सदस्य समन्वय समिति समेत गठन भएकाले लक डाउन प्रभावित व्यवसाय प्रर्वधन सहित सबैलाई समेतेर ब्यवसायीक एकरुपता कायम गराउन पहल गर्ने विचार ब्यक्त गर्नु भयो । सो तालिममा संघका कार्यकारी अधिकृत राजुमान बज्राचार्यले सहजीकरण गर्नु भएको थियो ।