भक्तपुरमा बचत संघको सहुलियत ऋण

भक्तपुरमा बचत संघको सहुलियत ऋण

भक्तपुर, असार १८ गते
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को असरले भक्तपुर जिल्लाका सहकारीहरुमा तरलता बृद्धि भएको छ । जिल्लामा ४७३ वटा बचत तथा ऋण सहकारीमध्ये जिल्लामा १९९ वटा संस्था संघमा आबद्ध रहेका अधिकाशं सहकारी संस्था बन्दाबन्दीको अवस्थँँमा पनि सावधानीपूर्वक सदस्य अनुकुल सेवा प्रदान गरिरहेको छ । सहकारी व्यवसाय संकटको बेलामा शसक्त भई सेवा दिइरहेकोछ । जस्को फलस्वरुप समुदायमा आधारित सहकारी संस्थाको विश्वास बढेको छ । हरेक संकटको बेला समुदायको सहकारीमा सदस्यहरुको विश्वासले गर्दा तरलता बढेको हामीले पाएका छौं । यस्तो संकटको बेलामा पनि बचत तथ ऋण सेवामा कुनै अवरोध नराखी सामान्य अवस्थाकै सेवाहरु प्रदान गर्न सफल भइरहेकोछ । उक्त भनाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुको हो । वहाँले बन्दा बन्दीको अवस्थाले सहकारीको ऋणको सावाँ र व्याज असुलीमा केही समस्या आएको छ । ऋण असुली हुन नसक्दा सदस्य संस्थामा ऋण योग्य रकम र तरलता अभाव हुन नदिनका लागि ९.५ प्रतिशतमै सहकारीको व्यवसाय प्रबद्र्धन गर्न एउटा संस्थालाई रु. ८० लाखसम्मको नयाँ विशेष ऋण सेवा संचालनमा ल्याएको कुरा बताउनुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले हरेक संकटलाई अवसरको रुपमा लिनुपर्ने कुरा बताउर्दै संघले विनाशकारी भुकम्पबाट क्षती पुगेका घर निर्माणका लागि ८ प्रतिशतमा पुन निमार्ण ऋण लगानी भइरहेको बताउनुभयो । साथै तरलता अभाव भएको बेला विना धित्तोमै ४० लाख सम्मका ऋण, सहकारीको दिगो विकासको लागि ५ बर्षे सहकारी दिगो ऋण ११.५ प्रतिशतका सेवाहरु संचालन गरेको कुरा बताउनु भयो । संघको वासलात हालसम्म ९२ करोड पुगेको जसमा ८५ करोड बचत तथा ऋण संकलन भएको कुरा जानकारी गराउदै भक्तपुर जिल्लामा हाल तरलता अधिक भई समस्या भइरहेको कुरा बताउनु भयो ।