अनौपचारिक समूहले जारी गर्ने अपिलले सहकारीलाई पर्न सक्ने असरबारे सचेत हुनुपर्नेः अध्यक्ष लाखाजू
भक्तपुर, असार १४ गते
भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को मध्यपुर थिमि नगर सहकारी समन्वय उपसमितिको आयोजनामा समसामायीक विषयमा अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम मध्यपुर थिमि सेवा केन्द्र पाटी बिहार थिमिमा शुक्रबार सामाजिक दुरी कायम गरी सम्पन्न भयो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी व्यवसाय संकटमा सहकारी संस्थाहरुले सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्नु पर्ने कुरा बताउनु हुर्दै संस्थाहरुले अपनाउनु पर्ने काम कार्वाहीको बारेमा स्थानीय प्रशासन र सहकारीको माथिल्लो निकायसंग समन्वय गरी सूचनाहरु जारी गर्दै आएको कुरा बताउनु भयो । सहकारीका अनौपचारिक समूहले जारी गर्ने अपिलले सहकारीलाई पर्न सक्ने असरबारे सचेत हुनुपर्ने कुरा वताउनु भयो ।

संघका उपाध्यक्ष हरि बल्लले बन्दाबन्दीको अवस्थामा संघले जोखिम व्यवस्थापन कार्यदल गठन गरी संघले कार्यक्रम अगाडी बढाएको कुरा जानकारी गर्दै संघको सामाजिक संजाल (फेसबुक, वेबसाईट, ईमेल) मार्फत सुचना प्रवाह भईरहेको हुँदा सदस्य संस्थाहरुलाई संचार प्रविधि मार्फत जानकारी लिन हुन अनुरोध गर्नु भयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको बेला सहकारी संस्थामा सदस्य, कर्मचारी र संस्थालाई असर, यसमा सहकारीले खेल्नुपर्ने भुमिकाबारे प्रस्तुतीकरण गर्नु भयो ।उहाँले प्रस्तुती पछि अन्तरक्रियामा उठेका जिज्ञाशा स्पष्ट पार्नु भयो ।
संघका कोषाध्यक्ष कान्छा भक्त घजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन संघको सेवा केन्द्रका ईन्चार्ज रमेश प्रजापतिले गर्नु भयो । उक्त कार्यक्रममा उपस्थिति १८ जना रहयो ।












