देशभरका ८ वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही ।
नेपाल राष्ट्र बैङ्कले देशभरका ८ वटा वाणिज्य बैङ्कलाई कारबाही गरेको छ । राष्ट्र बैङ्क सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्रबैङ्कको विभिन्न निर्देशन उल्लङ्घन गरेपछि ८ वटा बैङ्कलाई कारबाही गरेको हो ।राष्ट्र बैङ्कले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैङ्कलाई कारबाही गरेको हो ।राष्ट्र बैङ्कले चौथो त्रैमासमा नेपाल बङ्गलादेश बैङ्कलाई ३० हजार ३ सय २४ रुपैयाँ नगद जरिबाना गरेको छ ।
यस्तै प्रभु बैङ्कलाई ३५ हजार ६ सय ९५ रुपैयाँ नगद जरिबाना गरेको छ भने हिमालयन बैङ्कलाई भने दुई पटक जरिबाना लगाएको छ । यस्तै हिमालयन बैङ्कलाई प्रथम पटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ नगद जरिबाना गरेको नेपाल राष्ट्र बैङ्कको बैङ्क सुपेरीवेक्षण विभागले जनाएको छ ।तेस्रो त्रैमासमा सिभिल बैङ्कलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन उलङ्घन गरेको भन्दै १० लाख रिबाना गरेको हो । यस्तै सोही त्रैमासमा बैङ्कलाई राष्ट्र बैङ्कले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको बैङ्ककाअध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैङ्कले जनाएको छ ।
तेस्रो त्रैमासमा नै राष्ट्र बैङ्कले प्रभु बैङ्कले राष्ट्र बैङ्कको एकीकृत निर्देशनमा गरेको व्यवस्था विपरित प्रभु बैङ्क, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैङ्कको तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ ।त्यस्तै केन्द्रीय बैङ्कले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरिबाना गरेको छ । राष्ट्र बैङ्कले ग्लोबल आइएमई बैङ्कलाई पनि सचेत गराएको जनाएको छ । राष्ट्र बैङ्कले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैङ्कले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिबाना गराएको जनाएको छ ।
Featured Posts – Style 1
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
2026-06-02 Comments Off on १५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने
१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने भक्तपुर, जेठ १९ उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना...
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...













