सरकारद्वारा त्रीकालीन व्यवसाय सञ्चालनका लागि अध्ययन गर्न टोली गठन ।
सरकारले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि अध्ययन गर्न टोली गठन गरेको छ । गृह मन्त्रालयले मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि १४ सदस्सीय कार्यदल गठन गरेको हो ।कार्यदलललाई होटल, रेष्टुरा, रात्रीकालीन मनोरञ्जन एवं पर्यटन व्यवसाय सञ्चालनका लागि अध्ययन तथा सुझावसहितको प्रतिवेदन पेस गर्न एक साताको समय तोकिएको छ ।
कार्यदलमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीलाई सदस्य तोकिएको छ । त्यस्तै, गृहका सहप्रवक्ता दिलकुमार तामाङलाई सदस्यसचिव तोकिएको छ । कार्यदलमा निजी क्षेत्रबाट होटल एसोसिएसन अफ नेपालका अध्यक्ष सिर्जना राणा, नेपाल राष्ट्रिय लोकदोहरी संघका अध्यक्ष विनोद श्रेष्ठ, ठमेल पर्यटन परिषद्का उपाध्यक्ष राजुमान डंगोल, हान च्याप्टर पोखराका सदस्य लक्षमण सुवेदी, भैरहवाका होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतलगायत छन् ।
कार्यदललाई होटल लगायत मनोरञ्जनात्मक व्यवसायको सूचीकरण र वर्गीकरण गर्ने, सञ्चालनका लागि पालना गर्ने आचारसंहिता र मापदण्ड, कोभिडको असर, मजदुरहरूको हकहितलगायतलाई प्रतिवेदनमा समेट्न भनिएको छ । साथै मन्त्रालयले होटल रेष्टुरेन्टहरूले उठाउँदै आएको सेवा शुल्क हटाउने सम्बन्धी पनि प्रतिवेदनमा केही सुझाव पेस गर्न भनेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












