भक्तपुर, जेष्ठ ९ गते
भक्तपुरमा चौथौं व्यक्तिमा कोरना संक्रमण भएको छ । भक्तपुर नगरपालिकाकाकी एक जनप्रतिनिधी नै कोरना संक्रमित भएकी हुन । जनप्रतिनिधी नै कोरना संक्रमण भएपछि समुदायमा कोरना संक्रमणको जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार साँझ जारी गरेको विज्ञप्तिमा जनाएको ४२ बर्षिय महिला भक्तपुर नगरपालिकाकी एक जनप्रतिनिधी भएको खुलेपछि भक्तपुर नगरमा कोरनाको जोखिम बढाएको छ । नगरपालिकाका विभिन्न गतिविधिहरुमा सक्रिय सहभागि रहने भक्तपुरका जनप्रतिनिधीहरु कोरना भाइरसको संक्रमण बढेपछि औपचारिक कार्यक्रमहरु आयोजना र सहभागि नजनाए पनि पछिल्लोचरणमा किसानलाई निःशुल्क धानको बीउ वितरण, विपन्नलाई राहात वितरण तथा विभिन्न सचेतनामूलक गतिविधिमा समेत उनी सक्रिय भएर लागेको स्थानीयले बताएका छन् । जनसम्पर्कमा रहेका ती जनप्रतिनिधीलाई के, कसरी र कहिलेबाट कोरना संक्रमण भयो भनेकुरा यकिन नभएपनि शुक्रवार साँझ मात्र भनपा ९ की ४२ वर्षिय महिलामा कोरना संक्रमण भएको पुष्टि भएको थियो । सो संक्रमित महिला सोही वडाकी वडा सदस्य रहेको खुले पछि सो वडामा मात्र होइन भक्तपुर नगरमा कोरनाको संक्रमण फैलिएको आसंका गरिएको छ । यद्यपी सो बारे विस्तृत जानकारी नआएकाले प्रहरीले भोलि विहानबाट मात्रै संक्रमितको घरमा सिल गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले भनपा ९की ४२ वर्षे महिला मात्र भनेको छ विस्तृत जानकारी आएपछि उनको घर सिल र थप सुरक्षा व्यवस्था गर्ने महानगरीय प्रहरी बृत्त भक्तपुरका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।
जनसम्पर्कमा रहेकी जनप्रतिनिधी नै संक्रमित भएपछि समुदायमा संक्रमण बढ्न सक्ने औल्याएको छ । भक्तपुर नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र सफाई मजदुरहरुको केही दिन अगाडी देखि आडिटीबाट कोरना परिक्षण गराउनेक्रममा सोही वडाका एक जना वडा सचिव र एक जना सरफाई मजदुरमा पोजेटिभ देखिएपछि आडिटीबाट कोरना परीक्षण स्थगित गरिएको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले जनाएका थिए । तर पीसिआर परिक्षणमा भने दुवै जनाको कोरना नेगेटिभ आएको थियो । थप परीक्षण पीसिआरबाट नै गर्ने भन्दै स्वाव संकलन कार्य भइरहेको भक्तपुर नगरपालिका भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले बुधबार बताएका थिए । उहाँकै वडाका जनप्रतिनिधीमा कोरना संक्रमण पुष्टि भएपछि वडाबासीहरु अचम्भित भएका छन् । आफ्नै वडामा आइपुगेछ कोरना त ! रत्ना चवालले फेसबुकमा लेखेकीछिन् । तर वडाको कुन ठाउँका कस्लाई कोरना संक्रमण भएको हो सो बारे साँझ १० बजेसम्म पनि कसैलाई जानकारी थिएन । नगरपालिकाका वडा निरिक्षक रामकृष्ण प्रजापतिलाई पनि आफ्नै वडाका जनप्रतिनिधीमा कोरना संक्रमण भएको जानकारी नभएको भन्दै थप जानकारी लिन उहाँ टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा जानकारी लिनेक्रममा थिए भने भनपा प्रमुख सुनिल प्रजापतिले आफ्ना एक जना जनप्रतिनिधीमा कोरना संक्रमण पुष्टि भएको र उनको उपचारका लागि भोलि अस्पताल पठाउने तयारी भएको जनाएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ति शुक्रवार साँझ ८ः१५ बजेको थियो त्यसैले संक्रमित जनप्रतिनिधी घरमै रहेकि थिइन् । उनी पुर्णरुपले सामान्य छिन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणकोक्रममा मात्र उनमा पोजेटिभ आएको थियो । त्यसैले भक्तपुर नगरबासीहरुको पनि व्यापकरुपमा कोरना परीक्षण गर्न आवश्यक भएको महसुस गर्न थालेको छ । भक्तपुरको मध्यपुरथिमीकी संक्रमित २५ वर्षि नर्स र दुवाकोटस्थित २७ वर्षिय सुरक्षाकर्मी पुरुष कोरना मुक्त भए पनि भक्तपुर नगरकै योसिंखेलका ४१ बर्षिय पुरुष भने उपचारकोक्रममा रहेका छ । यस हिसावले संक्रमित जनप्रतिनिधी भक्तपुरको लागि चौथौं कोरना संक्रमित व्यक्ति भएकी छिन् । भने देशभर संक्रमितको संख्या ५१६ पुगेको छ ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














