प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हमला बन्द गर्न माग गर्दै भक्तपुरमा पत्रकार महासंघको प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला बन्द गर्न माग गर्दै भक्तपुरमा पत्रकार महासंघको प्रदर्शन

भक्तपुर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला तत्काल बन्द गर्न माग गर्दै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा महासंघको जिल्ला शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हमला बन्द गर र पत्रकारलाई सामूहिक गिरफ्तार गर लेखिएको ब्यानरसहित प्रदर्शन तथा धर्ना दिएको हो।

सञ्चारकर्मीमाथि बढ्दो धरपकड, दबाब र प्रेस स्वतन्त्रताको संवैधानिक हकमाथि भइरहेका हस्तक्षेपको विरोधमा महासंघले सांकेतिक रूपमा सामूहिक गिरफ्तारीको मागसहित धर्ना दिएको जनाएको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।