भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न

भक्तपुरमा ९३ जना खेलाडीको बेल्ट प्रमोसन टेस्ट सम्पन्न

भक्तपुर। माचुसिमा क्योकुसिन कराँते भक्तपुर डोजोको आयोजनामा ९३ जना जुनियर खेलाडी सहभागी बेल्ट प्रमोसन टेस्ट कार्यक्रम सम्पन्न भएको छ।

चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित श्री वाल्मीकि आधारभूत विद्यालय, गुरुङटारमा आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ५ स्थित रत्न शिक्षा एकेडेमी, वडा नं. ६ स्थित श्री चुनादेवी माध्यमिक विद्यालय, वडा नं. ७ स्थित श्री वाल्मीकि आधारभूत विद्यालय र वडा नं. ८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो।

कराँते खेलाडीहरूको सीप, क्षमता, अनुशासन तथा प्राविधिक दक्षताको मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित बेल्ट प्रमोसन टेस्ट भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल माचुसिमा क्योकुसिन कराँतेका अध्यक्ष, अन्तर्राष्ट्रिय रेफ्री तथा ब्रान्च चिफ सुमन गजुरेल, अन्तर्राष्ट्रिय खेलाडी तथा प्रमुख प्रशिक्षक सन्तोष बुढाथोकी, अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समीर खड्गी, अन्तर्राष्ट्रिय महिला खेलाडी तथा प्रशिक्षक सुस्मिता सुनुवारको उपस्थिति रहेको थियो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजन गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पीटीए सङ्घका अध्यक्ष सागर लामिछाने, चाँगुनारायण नगर खेलकुद विकास समितिका सदस्य दीप गुरुङ, श्री वाल्मीकि आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम गेलाल, श्री चुनादेवी माध्यमिक विद्यालयका शिक्षक राजु ढुङ्गाना तथा रत्न शिक्षा एकेडेमीकी शिक्षिका आकृति लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम श्री वाल्मीकि आधारभूत विद्यालय, बागेश्वरी डोजोको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमका प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री, ब्रान्च चिफ तथा प्रशिक्षक रघु के.सी. रहनुभएको थियो।

बेल्ट प्रमोसन टेस्टले खेलाडीहरूमा आत्मविश्वास, अनुशासन, शारीरिक तन्दुरुस्ती तथा खेलप्रतिको लगाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।