ओ मेरा छोर्याट्टि नेपालगन्जमा सार्वजनिक
सम्झना लाई क्या दिउ बैना, मेरो माया झुठो होइन, यो मुटुमा तमि बाहेक अरु कोहि छैन .. जब स्टेजमा नयाँ गितको म्यूजीक भिडियो सार्वजनिकिकरण भयो उपस्थित सबै सहभागिहरु गितको म्यूजिक भिडियोमा झुम्मिएका थिए । बास नेपालको समन्वयमा आज नेपालगन्जमा चर्चित गायक सुनिल सिँह ठकुरीको नयाँ गित ओ मेरा छोर्याट्टिको सार्वजनिकीकरण कार्यक्रमका गितको सार्वजनिकीकरणसँगै गायक ठकुरीले स्टेजमा नयाँ गितको लाइभ प्रस्तुतीकरण समेत गरेकाथिए । उहाँले स्टेजमा लाइभ गित गाइरहदा कार्यक्रममा उपस्थित रहेकी मोडल करिष्मा शाही ठकुरी समेत स्टेजमा आएर नाच्न थालेपछि सबै सहभागिहरु गितमा रमाएका थिए । पश्चिम नेपालको भाषामा रहेको उक्त नयाँ गितको सार्वजनिकीकरण बरिष्ट संगितकार एबम् कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश शर्माले गरेका थिए । लाइभ प्रस्तुतीकरण पश्चात गायक ठकुरीले तिहारको समयमा गित सार्वजनिकीकरण कार्यक्रममा सहभागि सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।


बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ओम प्रकाश शर्माले नया प्रतिभाहरुको लगाव गित र संगित क्षेत्रमा हुनु सुखद रहेको बताउदै सार्वजनीक गितले सबैको मन जितोस भन्ने शुभकामना ब्यक्त गरे । यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गित र म्यूजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको भन्दै शुभकामना ब्यक्त गरिन् । यसैगरी बास नेपालका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशिल बासले स्थानीय कला संस्कृती जगेर्नामा भूमिका निर्वाह गरेकोमा खुसी ब्यक्त गरे । अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदुरपश्चिमको कला संस्कृती प्रस्तुत गरिएको गितको सफलताको शुभकामना गरेका थिए । ओ मेरा छोर्याट्टिको सार्वजनिकीकरण तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका १ सय बढीको उपस्थिती रहेको थियो ।














