भक्तपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि ६३ जना खेलाडी छनौट

भक्तपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि ६३ जना खेलाडी छनौट
गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगमा भक्तपुरबाट ६३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । १५ विधामा ६३ जना खेलाडी छनौटमा परेका हुन । असोज २८ गते हुने सो प्रतियोगितामा छनौटमा परेका खेलाडीहरुमा टेबल टेनिस खेलमा दिया देउजा, अञ्जु सुवाल, करीना सुवाल, अनामिका कस्ति छन् भने फुलकन्ट्याक्ट कराँते खेलमा शिरीष भुजु, रोहिणी कस्ति, भारात्तोलन खेलको ६२ केजि तौल समूहमा प्रदेन बाडे श्रेष्ठ, जिमन्याष्टिक खेलमा (महिला तर्फ) रिजु रन्जित, प्रकृति थापा मगर, रेगिसा धेमोसु, जेनिशा थापा, सौभाग्य कोजु त्यसैगरि पुरुष तर्फ, सुमन नापित, सुमन तामाङ, अनिष सुवाल छनौट भएका छन् ।
बुद्धिचाल खेलमा पुरुष तर्फ निकेन कुसाथा र महिला तर्फ सबिना श्रेष्ठ रहेका छन् । शारिरीक सुगठन खेलमा सोहिल बैद्य, रोजिना खायामली, दिनेस गोसाइँ रहेका छन् । आईटिएफ तेक्वान्डो खेलमा मुना राई, रिदम आले, अजय तामाङ, गिरीस राना, समिर श्रेष्ठ, अनिशा कार्की रहेका छन् ।


कवड्डी खेलमा महिला तर्फ पूजा दुवाल, अञ्जु गोसाई रेशमी दुवाल, मनिषा ग्वाछा, उरुषा शाक्य त्यसैगरि पुरुष तर्फ, सविन बोहजु, सरमन प्रजापती, मनिष भैल, विनय गोसाई रहेका छन् ।
लन टेनीस खेलमा रोजन दुवाल छन् भने बक्सिङ्ग खेलमा महिला ५० किलो तौल समुह तर्फ अस्मिता दुवाल छन् । खो खो ( पुरुष तर्फ)मा राज कुस्मा, प्रितीस सिन्तकल त्यसैगरि महिला तर्फ मोहन कुमारी श्रेष्ठ, शुशीला कवां, निशा सायजु, कृजला जरेजु, प्रंशन्ना सिजकु, प्रिन्सिका गोसाई, अनुष्का माक छन् । महिला क्रिकेट खेलमा पूर्णिमा बराल, सिनोरा कटवाल, संस्कृति प्रसाई, सेल्सा माकजु, लक्ष्मी पाण्डे, प्रज्ञा तिम्सिना, सन्भी चौधरी, अनुषा रोक्का, सिजृना श्रेष्ठ, सृष्टि श्रेष्ठ, करिमा थापा छन् । यसै गरी क्रिकेट पुरुष तर्फ निश्चल थापा, सौरभ कार्की छन् । बास्केट बल खेल
पुरुष तर्फ शतिष श्रेष्ठ, महिला तर्फ कृषा दङ्गीखा छन् ।
हक्कीमा पुरुष तर्फ नितिश न्यौपाने, महिला तर्फ सायारा राजवहाक नवौ राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट छनौट भएका जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । अध्यक्ष थापाले भने ‘यो पटक इतिहासिक रुपमै धेरै खेलाडीहरु छनोट हुनुभएको छ ।’