भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ, जिल्ला अदालतमा पेस

भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ, जिल्ला अदालतमा पेस

भक्तपुर, १८ कात्तिक २०८३

महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त र मातहतका इकाइहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिए, तर फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा उनीहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (प्रहरी निरीक्षक) मिरु दुवालद्वारा जारी गरिएको विवरणअनुसार पक्राउ पर्नेमा चेक अनादर, अभद्र व्यवहार र बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिहरू रहेका छन्।

पक्राउ परेकाहरूको विवरण: १. चेक अनादर मुद्दा: ३ जना (कैद सजाय नभएको, जरिवाना रु. ३,०००/-) २. अभद्र व्यवहार मुद्दा: २ जना (कैद सजाय नभएको, जरिवाना रु. ६,०००/-) ३. बैंकिङ कसूर मुद्दा: १ जना (५ दिन कैद र रु. २२,५००/- जरिवाना)

यससँगै विभिन्न मुद्दामा फरार रहेका जम्मा ६ जनालाई पक्राउ गरी कुल ५ दिन कैद र ३१ हजार ५ सय रुपैयाँ जरिवाना असुली तथा फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ।