चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद

चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कात्तिक ९ गते दिउँसो १स्०० बजे चाँगुनारायण नगरपालिका वडा नं। ४ स्थित हलचापमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसरबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवातास खेलिरहेको स्थलबाट १४ जना मानिसहरू, तीन बुक तास र नगद २ लाख ९० हजार ७० रुपैयाँ बरामद गरेको हो।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जुवा खेल्न नहुने कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डिएसपी० दिपक कुमार कार्कीले जानकारी दिनुभयो।
२। ड्युटीमा खटिएका प्रहरीमाथि बाधा विरोध गर्ने ३ जना नियन्त्रणमा
भक्तपुर — प्रहरी ड्युटीमा बाधा विरोध गर्ने तीन जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
कात्तिक ४ गते ड्युटीमा खटिएका प्रहरी कर्मचारीसँग बाधा विरोध गरेपछि प्रहरी टोलीले उनीहरूलाई कात्तिक ६ र ८ गते भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट म्याद थप अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
३। फैसला कार्यान्वयनतर्फ फरार ४ जना पक्राउ
भक्तपुर — भक्तपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जना अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती र मातहतका प्रहरी टोलीले कात्तिक ९ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चेक अनादर मुद्दाका ३ जना ९जसलाई कुल २ वर्ष कैद र १००० रुपैयाँ जरिवाना तोकिएको थियो० र अभद्र व्यवहार मुद्दाका १ जना ९२० दिन कैद र ८०० रुपैयाँ जरिवाना तोकिएको० रहेका छन्।
पक्राउ परेका सबै ४ जनालाई कुल २ वर्ष २० दिन कैद र १,८०० रुपैयाँ जरिवाना भुक्तानका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।