ख्वप अस्पतालको पाँचौ तल्लाको ढलान सम्पन्न, जनप्रतिनिधीहरुद्वारा निरीक्षण

ख्वप अस्पतालको पाँचौ तल्लाको ढलान सम्पन्न, जनप्रतिनिधीहरुद्वारा निरीक्षण
भक्तपुर, असोज १८ गते
भक्तपुर नगरपालिकाद्वारा निर्माणाधिन ख्वप अस्पतालको पाँचौ तल्लाको ढलान आज कार्य सम्पन्न गरेको छ । । केही समय कोरोना भाइरस संक्रमणका कारण निर्माण कार्य रोकिएको भए पनि अहिले धमाधम निर्माण कार्य भइरहेको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिह भक्तपुरसँगै निर्माणाधिन सो भवनको आज भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति सहितको टोलीले निरीक्षण गर्नु भएको थियो ।