तार चोरी गर्ने तीन जना नियन्त्रणमा
भक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको तामाको तार चोरी तथा क्षति पुर्याएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८३।०५।३० गते निजहरूले नेपाल टेलिकमको २१ मिटर तामाको तार काटी बा।प्र।०१–०२९ च ०५७३ नम्बरको गाडीमा राखेको तथा थप १२० मिटर तार काटी क्षति पुर्याएको अवस्थामा प्रहरी प्रभाग दुवाकोट, भक्तपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमा जिल्ला भोजपुर, टेम्केमैयुङ गाउँपालिका–२ घर भएका ३० वर्षीय कुमार भुजेल, जिल्ला काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका–५ घर भएका २९ वर्षीय रबिन्द्र बि।क। र जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–९ घर भएका ३० वर्षीय सागर तामाङ रहेका छन्। सागर तामाङ उक्त गाडीका चालक रहेको प्रहरीले जनाएको छ।
निजहरूलाई मिति २०८३।०५।३१ गते चोरी मुद्दामा सम्मानित जिल्ला अदालत, भक्तपुरमा पेश गरिएकोमा अदालतबाट ५ ९पाँच० दिनको म्याद थप अनुमति प्राप्त भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













