भक्तपुर, भाद्र २९ गते ।
जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा सजाय ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३ वर्ष ६ दिन कैद सजाय र २ लाख १८ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) दिपक कुमार कार्कीका अनुसार पक्राउ पर्नेहरूमाः
बैंकिङ कसुर: २ जना (सजाय: ६ दिन कैद र रु. २,१५,०००/- जरिवाना)
चेक अनादर: १ जना (सजाय: २ वर्ष कैद र रु. ३,०००/- जरिवाना)
लेनदेन: १ जना (सजाय: १ वर्ष कैद)
पक्राउ परेका चारै जना प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।














