4G Electronics Security Traders द्वारा AI र एडभान्स नेटवर्किङ सम्बन्धी प्राविधिक कार्यक्रम सम्पन्न
भक्तपुर। नेटवर्किङ तथा इलेक्ट्रोनिक सेक्युरिटी क्षेत्रमा कार्यरत व्यवसायी तथा प्राविधिकहरूलाई लक्षित गर्दै 4G Electronics Security Traders ले एक विशेष जानकारीमूलक तथा प्राविधिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा विश्वविख्यात प्रविधि ब्रान्ड Ruijie Reyee का अत्याधुनिक नेटवर्किङ उत्पादन तथा नवीन प्रविधिहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो।


उक्त तालिम तथा अभिमुखीकरण कार्यक्रममा मुख्य गरी AI-बेस्ड गिगाबिट क्लाउड म्यानेज्ड स्विच तथा राउटर (AI based Gigabit Cloud Managed Switch and Router), एडभान्स प्रविधिको वाई-फाई (Wi-Fi) र आधुनिक नेटवर्किङ सोलुसनहरूबारे प्रकाश पारिएको थियो। कार्यक्रममा ती उत्पादनहरूको मुख्य विशेषता, सञ्चालन विधि तथा व्यावसायिक प्रयोगका फाइदाहरूबारे जानकारी दिइनुका साथै प्रत्यक्ष प्रदर्शन (Live Demo) मार्फत प्राविधिकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
आयोजक 4G Electronics Security Traders का अनुसार यस कार्यक्रमले सेक्युरिटी र नेटवर्किङ क्षेत्रका व्यवसायी तथा प्राविधिकहरूलाई आधुनिक प्रविधिको सही छनोट र प्रभावकारी प्रयोग गर्न थप दक्ष बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा भक्तपुर तथा काठमाडौँ क्षेत्रका इलेक्ट्रोनिक सेक्युरिटी, सिसीटिभी (CCTV) तथा नेटवर्किङ क्षेत्रका व्यवसायी, इन्जिनियर, प्राविधिक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।














