महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा लोपोन्मुख महाकाली नाच (देवी प्याखं) र नेवार समुदायको परम्परागत लाखे नाच (प्याखं पिदानेगु) का प्रशिक्षार्थीहरूका लागि दीक्षान्त समारोह तथा गुरु सम्मान कार्यक्रम २०८३ आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको सो कार्यक्रममा मध्यपुर थिमीका संस्कृति विज्ञ एवम् सांस्कृतिक अभियानता गणेशराम लाछीलाई टोपी, बेतालि, दोसल्ला, डुब्बोमाला र सम्मान पत्रसहित विशेष सम्मान गरेको थियो ।
शुभकामना व्यक्त गर्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय कार्यसमिति सदस्य रोसन भोयद्यो, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष युवक किशोर राजभण्डारी, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुविमा श्रेष्ठ, भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें, संस्कृति विज्ञ गणेशराम लाछी, ब्रजेश खनाल र प्रमुख अतिथि सुनिल प्रजापतिले आ–आफ्नो धारणा राख्नुभएको थियो।
प्रशिक्षण केन्द्रका अध्यक्ष रोशिका जधारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बाँसुरीबाट मंगल धुन बजाएर राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै पूर्णिमा तुकंबन्जार र अन्वी धीभडेलले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो।
सो अवसरमा प्रशिक्षण प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी प्रजापतिले प्रमाण पत्र वितरण गर्नु भयो ।
Featured Posts – Style 1
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...













