पुस १ गतेदेखि ८, ९, १० का कक्षाहरू सञ्चालन हुने
२०७७ मंसिर २५ गते, बिहीबार
भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड १९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बस्यो ।
बैठकले कोभिड–१९ रोगको महामारीको कारण लामो समयदेखि बन्द रहेको विद्यालयमा हालका दिनहरूमा विद्यालयहरूले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरू सञ्चालन गरिरहेकोमा नगरवासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढा“चा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आलोपालो गरी चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्दै जाने र विद्यालयहरूले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाईसमेत निरन्तरता दिने निर्णय ग¥यो ।
बैठकले २०७७ पुस १ गतेदेखि नै सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय ग¥यो ।
विद्यार्थी सङ्ख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय ग¥यो ।
बैठकले सबै प्रकारका सामुदायिक एवम् संस्थागत विद्यालयहरूले कक्षा सञ्चालन सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकस“ग सरसल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित यही २०७७ मङ्सिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने निर्णय ग¥यो ।
विद्यालय सञ्चालन अन्योल भइरहेको बेला नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूसँग पनि विद्यालय सञ्चालन के कसरी गर्नु उपयुक्त हुने भनी चरणबद्ध छलफल गरी सुझावहरु संकलन गरेको थियो । प्राप्त सुझावहरुको आधारमा उपरोक्त निर्णय गरेको हो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














