शिक्षाविद् प्रा.डा. सर्वज्ञ भक्त मल्ल खाेपृङ रत्न सम्मान बाट बिभुषित ।

शिक्षाविद् प्रा.डा. सर्वज्ञ भक्त मल्ल खाेपृङ रत्न सम्मान बाट बिभुषित ।
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङघकाे ३५ आैंस्थापना दिवस तथा ३२ आैं साधारण सभामा शिक्षाविद् एवं सङ्घका वरिष्ठ सल्लाहकार प्रा.डा. सर्वज्ञ भक्त मल्ल दम्पत्तिलाई सङ्घकाे ३५ वर्षकाे इतिहासमा पहिलाेपटक “खाेपृङ रत्न सम्मान- २०८३ ” बाट बिभुषित गरेकाे हाे । भक्तपुर विकास सहयाेग सङ्घकाे नाममा जग्गा प्रदान गरी अतुलनिय याेगदान पुर्याए बापत साे काे कदर गर्दै उक्त सम्मान गरिएकाे हाे । त्यसैगरी साेही समाराेहमा विभिन्न क्षेत्रमा याेगदान पुर्याए बापत ५ जना लव्धप्रतिष्ठित व्यक्तित्वहरूलाई ” खाेपृङ सम्मान-२०८३ बाट सम्मानित गरिएकाे छ । उक्त सम्मान अन्तर्गत स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा अतुलनिय याेगदान पुर्याउनु भएका शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निवर्तमान निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमला, नेपालकाे पुरातात्विक सम्पदा, संस्कृति तथा ऐतिहासिक धराेहरकाे संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धनमा अतुलनिय याेगदान पुर्याउनु भएका पुरातत्व विभागका तत्कालीन महानिर्देशक साैभाग्य प्रधानाङ्ग, नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका वरिष्ठ सल्लाहकारका रूपमा रही धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा अतुलनिय याेगदान पुर्याउनु भएका नारायण मान बनमाला, वास्तुकला, सिर्जनात्मक डिजाइन तथा समाज विकासमा अतुलनिय याेगदान पुर्याउनु भएका याेङ्ग माइण्डस इमाजिनर्सका प्रिन्सिपल आर्किटेक्ट यश मुनंकर्मी र मृत्यु पश्चात् गरिने घर शान्ति तथा शुद्धि पूजालगायत धार्मिक संस्कार एवम् अनुष्ठानमा विशेष याेगदान पुर्याउनु भएका व्यक्तित्व भानुभक्त शिवाचार्यलाई खाेपृङ सम्मान -२०८३ बाट सम्मान गरिएकाे हाे ।
सङघका सल्लाहकार प्रा. काेमल वदन मल्लकाे सभाध्यक्षतामा सम्पन्न उक्त समाराेहमा प्रमुख अतिथि वरिष्ठ सिमाविद् एवं नेपालकाे चुच्चे नक्शाका प्रवर्तक बुद्धिनारायण श्रेष्ठले सङ्घकाे ३५ आैं स्थापना दिवसकाे अवसरमा सङ्घकाे लाेगाेमा माल्यार्पण र ३२ अाैं साधारण सभाकाे समुद््घाटन गर्नुहुँदै ” पुरातत्व विभागले जसरी हराएकाे मूर्तिहरू फिर्ता ल्यायाे त्यसरी नै नेपाल भारत बीचकाे सन्धी फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताउनुभयाे । त्यसैगरी उहाँले सङ्घले अविरल गतिले गरिरहेकाे कार्यकाे प्रशंसा गर्नुहुँदै भक्तपुरकाे पहिचानमा अग्रणी भूमिका निभाएकाे खाेपृङकाे माध्यमबाट समाज उत्थान कार्यमा टेवा पुग्ने गरी नयाँ पिंढी जेन्जीलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिनुभयाे ।


सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै सङ्घकाे ३५ वर्षकाे इतिहासमा एउटा ठूलाे फड्काे मारी भावी पुस्तासम्मकाे लागि स्पष्ट मार्गचित्र काेर्न सफल भएकाे बताउनुभयाे ।
साेही समाराेहमा हरिशरण शर्मा राजाेपाध्याय, विनाेदराज शर्मा, गिरिश शर्मा राजाेपाध्याय र किरण राज सुवेदीद्वारा स्वस्ती वाचन गर्न लगाई भूमिदाता सङ्घका वरिष्ठ सल्लाहकार प्रा.डा. सर्वज्ञ भक्त मल्ल र सल्लाहकार प्रा. काेमल वदन मल्ल दम्पत्तिकाे बाहुलीबाट सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीले लालपूर्जा ग्रहण गर्नुभएकाे थियाे भने खाेपृङ रत्न सम्मानका संयाेजक प्रा. शिव प्रसाद मुनंकर्मीले स्विकाराेक्ति मन्तव्य दिनुभएकाे थियाे ।
त्यसैगरी साेही समाराेहमा खाेपृङ बाैद्धिक सम्पत्तिकाे २८ आैं अङ्ककाे सार्वजनिकिकरण, प्रा.डा.मल्लबाट खाेपृङ रत्न सम्मान-२०८३ र सम्मानित व्यक्तित्वकाे तर्फबाट डा. रविन्द्र भक्त तिमलाबाट स्विकाराेक्ति मन्तव्य, खाेपृङ गङ्गालाल राष्ट्रिय हृदय केन्द्र विश्रामस्थल तथा शुद्ध खानेपानी परियाेजना-८३ का २१ जना सहयाेगीदाताहरूलाई कदरपत्रबाट सम्मान, ११ जनालाई खाेपृङ मुट्ठीदान आंशिक शैक्षिक सामग्री सहयाेग वितरण, २६ जना नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै उहाँहरू तथा अन्य अतिथिहरूबाट ३५ वटा पालामा दीप प्रज्वलन, राष्ट्रियगान, कुमारी नृत्य, दिवंगत सदस्यहरू तथा सदस्यका दिवंगत परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट माैन धारणका कार्यक्रमहरू समावेश गरिएका थिए । कार्यक्रमकाे अर्काे महत्वपूर्ण पक्ष भनेकाे पत्रकार सम्मानमा हाम्राे समाज, नेपाल न्यूज, जनसञ्चार एफ. एम./टिभी र स्टार एक्सप्रेशलाई कलरपत्रबाट सम्मान र खाेपङका नवलेखकहरूलाई कदरपत्रबाट सम्मान गरिएकाे थियाे ।
सङ्घका आजीवन सदस्य सविता राजाेपाध्यायकाे सहजिकिकरणमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका महासचिव प्रा.डा. माला मल्ल र काेषाध्यक्ष विदुर चरण रायद्वारा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदनहरू छलफल पश्चात् पारीत गरिएकाे थियाे
कार्यक्रमकाे अन्तमा सहभागी सबैलाई सङ्घका प्रथम उपाध्यक्ष धर्म भक्त बल्लले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे