कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघ्यो
३० असार (रासस÷सिन्ह्वा) ः कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन । विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।













