दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन गरियो । होटल प्रिशा एण्ड क्याफे गार्डेन मुल्य सुचि राखी दर्ता नविकरण प्रमाणपत्र नभएकोले तीन दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
कान्तिपुर गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा गेष्ट हाउसमा बस्नेहरुको परिचय खोल्ने नागरिकता वा अन्य परिचय पत्रको फोटोकपि लिई रेकर्ड राखी मात्र बस्न दिने निर्देशन दियो ।
गण्डकी गेष्ट हाउस नविकरण गर्ने र सेवाग्राहीको विवरण व्यवस्थित राख्ने निर्देशन दियो ।
होटल रेसुङ्गा एण्ड थकाली किचेनमा गेष्ट हाउस संचालन भएको देखिएकोले गेष्ट हाउस पनि दर्ता गर्न निर्देशन दिई, नविकरण नभएकोले नविकरण गर्न, भान्छामा फोहर कुहिने र नकुहिने छुट्याएर राख्न निर्देशन दियो ।
न्यू भक्तपुर गेष्ट हाउस ३ बर्षदेखि नविकरण नगरेकोले तीन दिन भित्र नविकरण गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिई गेष्ट हाउस फोहर देखिएकोले सफा गर्न निर्देशन दियो ।
स्याङ्गजा पोखरा गेष्ट हाउस विना दर्ता तीन बर्ष अगाडिदेखि संचालन गरिराखेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिई फोहर भएकोले सफा गर्न र भान्छा फोहर र अव्यवस्थित भएकोले व्यवस्थापन गर्न निर्देशन दियो भने अनैतिक कृयाकलापमा संलग्न जोडीलाई प्रहरीको जिम्मा लगायो ।
बागलुङ्ग कालिका गेष्ट हाउस तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर र रिता फसिकवा सहित भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, जिल्ला प्रहरी परिसर भक्तपुरका कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका बैकुण्ठ मानन्धरको सहभागिता थियो ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...













