फेरी भूकम्पले झस्कायो !

फेरी भूकम्पले झस्कायो !
भक्तपुर, भाद्र ३१ गते
बुधबार बिहानै काठमाण्डौ उपत्यकाका आसपासमा भूकम्पको धक्का महसुस गराएको छ । विहान ५ः१९ बजेको समयमा ५.५ रेक्टर स्केलको भूकम्प गएको एनसेटका भूकम्पविद् विजयकृष्ण उपाध्यायले बताएका छन् । सो भूकम्प नेपाल चीन सिमा आसपास केन्द्र विन्दु भएर गएको अनुमान गरिएको छ । राष्ट्यि भूकम्प मापन केन्द्रका लोक विजय अधिकारीका अनुसार सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपासमा ६ म्याग्निच्यूटको भूकम्प गएको बताएका छन । यो भूकम्प पनि गोर्खा भूकम्पकै पराकम्प रहेको बताएका हुन ।