रेडक्रस भक्तपुरको तदर्थ समिति गठन
भक्तपुर, श्रावण १३ गते
नेपाल रेडक्रस सोसाइटी भक्तपुरल नयाँ तदर्थ समिति गठन गरेको छ । रेडक्रस भवन भक्तपुरमा आज आयोजित एक समारोह बीच रेडक्रस भक्तपुरको सभापतिमा रामेश्वर थापा, उपसभापतिमा दुर्गा तिवारी, मन्त्रीमा बसन्तकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रेमप्रसाद खतिवडा, सदस्यहरुमा रामभक्त केसी, रमेश श्रेष्ठ, पूजा भण्डारी, कालिका खतिवडा, दिपक मूल, दीपेश श्रेष्ठ र सुनिल सिल्वाल खत्री रहेको रेडक्रस भक्तपुरले जनाएको छ ।
रेडक्रस भक्तपुरका कार्यकारी अधिकृत उमा थापाका अनुसार नयाँ तदर्थ समितिले आजै पद् तथा गोपनीयताको सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन्।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको २०८३ साउन ४ गते बसेको बैठकको निर्णयले यसअघि रेडक्रस भक्तपुर शाखाको आधिकारीकता दाबी गरी समानान्तर गतिविधिहरु सञ्चालन गर्दै आएको दुबै जिल्ला शाखा समितिहरु विघटन गरी रेडक्रसको विधान २०२० को परिच्छेद ८ दफा २४ को (ढ)ले दिएको अधिकार प्रयोग गरी सोही विधानको दफा ६५को (५) बमोजिमको समयावधिकालागि नयाँ तदर्थ समिति गठन गरिएको बताइएको छ ।
सो तदर्थ समितिले जिल्ला शाखाको सम्पूर्ण वित्तीय अवस्था, बक्यौदा रकम, बैंक हिसाब, सम्पति तथा दायित्वको परीक्षण गरी आवश्यक कार्ययोजना सहितको प्रतिवेदन ३० दिन भित्र केन्द्रीय कार्यालयमा पेश गर्ने, नवगठित तदर्थ समितिले सदस्यता अद्यावधिक, संस्थागत सुदृढीकरण तथा अन्य संगठनिक कार्ययोजना तर्जुमा गरी मौजुदा विधानमा व्यवस्था भएबमोजिम निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने, नेपाल रेडक्रस सोसाइटीको वर्तमान केन्द्रीय तदर्थ समितिको रोडम्याप कार्यान्वयनमा समन्वय र सहयोग गर्ने, केन्द्रीय कार्यालयबाट अनुरोध गरिएबमोजिमका कार्यसम्पादन गरी समयमा नै सोको प्रतिवेदन सहितको जानकारी केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने कार्यदेश बमोजिम सो तदर्थ समिति गठन गरिएको थियो ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...












