‘नयाँ हुनलाई विचार पनि नयाँ हुनुपर्ने’ : सचिव सुवाल

‘नयाँ हुनलाई विचार पनि नयाँ हुनुपर्ने’ :सचिव सुवाल
भक्तपुर, २ जेठ । ‘नयाँ हुनलाई विचार पनि नयाँ हुनुपर्ने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले बताउनुभयो साथै नवनिर्वाचित भक्तपुर जिल्ला बक्सिङ्ग संघका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा प्रमाणपत्र वितरण तथा बनभोज कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा च्वङ्गा गणेश सल्लाघारीमा एक समारोह बीच सम्पन्न कार्यक्रममा बोल्दै अमेरिका संग भएको एमसीसीको सम्झौतामा भारतको सहमतिमा योजना छनौट हुनुपर्ने भनेपछि नेपालको विधुत भारतमा लाने विधुत लाइन र बाटोको निम्ति बजेत राखेको बताउँदै नेपालमा अमेरिकी कानुन लागु हुने सर्त सहितको सम्झौताले नेपालै नरहे कहाँ रहुलाँ नेपाली भने जस्तै अमेरिकी कानुन लागु गरे नेपाल कसरी सार्वभौम हुन सक्छ भन्नुभयो । उहाँलै अमेरिका संग हुने एसपिपिले नेपालको व्यारेक कब्जागर्ने भएकोले पनि एसपिपि र एमसिसिको विरोध नेपालीले गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्ता सहित सहभागी भएको बनभोजले स्वास्थ्य, मित्रता, अनुशासन र सार्वभौमिकताको लागि खेलकुद भने नाराले बाह्य शक्ति अगाडि झुक्न नपर्ने सार्वभौमिकता बचाई राख्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वी उत्पती र जीव विज्ञानले पदार्थ पहिला कि चेतना पहिलो भने दार्शनिकहरुको बहसमा भौतिक विज्ञान सम्मत भएको सकृय हुनेको मष्टिष्क विकास हुने भएकोले खेलकुदमा सकृय भए त्यस सम्बन्धि ज्ञान बढी हुने बताउनुभयो ।

उहाँले मानव विकास क्रममा मानिस र पशु विचको भेदमा मानिस श्रम र भाषा हुने र जंगली युगमा चुच्चे ढुङ्गा हानेर शिकार गर्नेलाई सटफुट र भाला हनेर शिकार गर्नेलाई ज्याविलिङ्गथ्रो खेलकुदको रुपमा विकास भएको बताउनुभयो । उहाँले भौतिक विज्ञानसंगै सुरु भएकोले आधुनिक बक्सिङ्ग खेल पनि विकास भएको बताउनुभयो । उहाँले खेलकुदमा पनि अमुल परिवर्तन गर्न बाह्य र आन्तरिक परिस्थिति तयार हुने पर्ने बताउँदै अण्डाबाट चल्ला कोरल्न बाह्य तापक्रम र अण्डा भित्र विउ हुने पर्ने बताउनुभयो । उहाँले राम्रो खेलाडीलाई संरक्षण र अवसर दिए खेल अगाडि बढ्ने बताउँदै अहिले देशको अवस्था पनि राम्रो नहुने सरकारमा गएका पार्टीहरुको विधान र घोषणा पत्रबाट नै स्पष्ट हुन्छ भन्नुभयो । उहाँले सरकारमा गएका पार्टीहरुले लिने आर्थिक र परराष्ट्र नीतिले स्पष्ट हुने भएकोले सिद्धान्त र व्यवहारको भिन्नताले थाहा पाउने बताउनुभयो । उहाँले पञ्चायती व्यवस्थामा शोसन रहित समाज स्थापना भन्नु र अहिलेको रास्वपाको शोषण रहित समाजको अर्थ एउटै भएको जस्तो देखिएको बताउनभयो । उहाँले अहिलेको सरकारले सत्तरी असी खर्ब ऋण लिएसंगै देश झन झन परनिर्भर हुने बताउँदै बर्षमा साढे तीन खर्ब त सावाँ व्याज मात्र तिर्न नेपाली जनतासंग कर लिने गरेको बताउनुभयो । उहाँले अहिले पनि सत्तरी असी हजार बैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउनु र फ्रि टिकट र फ्रि भिसामा अनियमिता अहिलेपनि भएको बताउँदै यो सरकारले देश मै रोजगारी सृजना र शिक्षा स्वास्थ्यमा ध्यान नपुगेको बताउनुभयो । उहाँले खाडी युद्धमा रुसले पेट्रोलियम पदार्थमा मुल्य बृद्धि नगर्दा समेत रुसबाट ल्याउने पेट्रोलियम पदार्थमा भारतले अन्तर्राष्ट्रिय मूल्य बढेको भनि मूल्य बृद्धि गर्दा नेपालमा महंगी आकाशिएको बताउनभुयो । उहाँले देशको सन्तुलित विकास गरेको भए शिक्षा र रोजगारीको ग्यारेन्टि गरे मात्र जनताको सरकार हुने बताउँदै अहिले मन्त्रीमण्डलले सार्वजनिक गरको सम्पत्ति कम उमेरका मन्त्रीहरुसंग थुप्रो देखिनु अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आएको पैसा हुनसक्ने बताउनुभयो । उहाँले अमेरिकी राष्ट्रपति चीन भ्रमणको विषयमा बताउँदै शान्तिप्रेमी जनताले युद्धको विरोध गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले मासिक रुपमा जिल्ला बक्सिङ्ग संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति लगायत खेलकुद विकासमा छलफल चलाई रहेको सकारात्मक भएको बताउँदै राज्यले विभेद गर्ने र खेलाडीले परिवार, स्वास्थ्य र आयआर्जनमा ध्यान दिने गरेकोले खेलाडी प्रर्वद्धन गर्न खेलाडीको सीप अनुसारको रोजगार दिनुपर्ने बताउनुभयो । उहाँले गरिवले खेल खेल्न नसक्ने भएकोले खेलकुदमा प्रतिस्था बढाउने खेलकुद मौलिक हकमा राखी सबैले खेल्न सक्ने बनाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुद विश्वविद्यालय नभएसम्म खेलाडीको शैक्षिक क्षेत्र पनि अगाडि नबढ्ने बताउँदै खेल विज्ञान आवश्यकतामा जोड दिनुभयो । उहाँले खेलकुदमा भएको खिचलोको कारण संघ र खेलाडी उत्साहित नहुँदा नेपालमा खेलको स्तर खस्कँदैँ गएको बताउनुभयो । उहाँले संघ र प्रदेश साथै जिल्लासंघहरुले बार्षिक कार्यतालिका बनाई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका महा सचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ्ग संघका अध्यक्ष रामचन्द्र थापामगरले पनि बोल्नुभएको कार्यक्रममा नवनिर्वाचित भक्तपुर जिल्ला कार्यसमितिलाई सपथ ग्रहण नेपाल बक्सिङ्ग महासंघका सचिव पुष्कर राज पन्तले गराउनुभयो भने स्वागत बरिष्ठ उपाध्यक्ष सुरज ग्वाछा र संचालन सचिव साजन लघुले गर्नुभएको थियो । उपाध्यक्ष राजन कुम्पाखले गीत मार्फत मनोरञ्जन गराउनुभयो ।