अभिभावक संघ नेपाल भक्तपुरद्वारा शुल्क सम्बन्धमा प्रतिनिधि मण्डल भेटघाट

भक्तपुर, २७ बैशाख । अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा एभरेष्ट ईङ्गलिस स्कुलमा स्थानीय अभिभावकहरु सहित शुल्क सम्बन्धमा प्रतिनिधि मण्डल प्रन्सिपल भक्त राजभण्डारीसंग भेटघाट गर्नुभयो ।

उक्त ध्यानाकर्षण बारे सकारात्मक हुँदै भोलि नै एभरेष्ट स्कुल ब्यबस्थापन समितिको  मिटिङ्ग बसी टुङ्ग्याउन स्कुल परिवार प्रतिबध्द रहेको कुरा प्रिन्सिपल भक्तराज भण्डारीज्यूले बताए । उहाँले स्कुलले गुणस्तरीय शिक्षाको लागि विद्यालयले गरेको बारे बताउनुभयो ।

अध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर गुणस्तरीय शिक्षा अब्बल भइरहेकोमा आघात पर्न नदिनको लागि शिक्षा क्षेत्र बिगार्ने कसैलाई अधिकार छैन भन्नुभयो ।  उहाँले आफ्नो छाक काटेर भएपनि गुणस्तरीय शिक्षाको चाहना अनुसार संस्थागत विद्यालय तर्फ आकर्षित भएको बताउँदै यदि सामुदायिक विद्यालय गुणस्तरीय भएको भए संस्थागत विद्यालय प्रादूर्भाव हुनेछैन भन्नुभयो । उहाँले शिक्षा ऐन २०२८ सालदेखि नयाँ ऐन बनाउन नसक्नु शिक्षा ऐन २०५५ र नियमावली २०५६ साथै २०७२ सालमा नयाँ संबिधान जारी भएर पनि अहिलेसम्म नयाँ शिक्षा ऐन एउटा बनाउन नसक्नुमा सरकारमा गएका दलहरुको कमजोरी भएकालाई अचाक्लि शुल्क वृद्धि गरेर जथाभावी शुल्क लिनु अभिभावकको ढाड सेक्ने काम भएको बताउनुभयो ।

उक्त ध्यानाकर्षण बारे सकारात्मक हुँदै भोलि नै एभरेष्ट स्कुल ब्यबस्थापन समितिको  मिटिङ्ग बसी टुङ्ग्याउन स्कुल परिवार प्रतिबध्द रहेको कुरा प्रिन्सिपल भक्तराज भण्डारीज्यूले बताए । उहाँले स्कुलले गुणस्तरीय शिक्षाको लागि विद्यालयले गरेको बारे बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यले स्कुलको सबल पक्ष बारे र अभिभावकका समस्या बारे बोल्नुभयो ।

उक्त भेटघाट कार्यक्रममा पुर्व निर्धारित कार्यक्रम अनुसार एभरेष्ट स्कुलले अन्योन्याश्रित रुपमा शुल्क बृद्धि गरेको सम्बन्धमा उक्त स्कुलका अभिभावकहरुको साथमा यस संघका उपाध्यक्ष राम सुवाल र कोषाध्यक्ष कृष्णप्रसाद दुमरु समेतको टोलीले स्कुल सञ्चालकलाई भेटी घ्यानाकर्षण गराउने काम आज मिति २०८३/०१/२७ गते आइतबार सम्पन्न भयो ।