भक्तपुर बारको नतिजा सार्वजनिक खाईतु अध्यक्षमा विजयी
भक्तपुर, श्रावण १० गते
नेपाल बार एशोसियशन भक्तपुरको आज सम्पन्न निर्वाचनमा रामसुन्दर खाईतु १३४ मतकासाथ विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा एशोसियशनका२९२ सदस्यहरु मध्ये २ सय ७६ जनाले मतदान गरेका थिए । एशोसियशनको निर्वाचन समितिले आज विहान ८ बजे देखि २ बजेसम्म मतदान गराएको थियो । त्रिपक्षीय प्रतिस्पर्धामा भएको सो निर्वाचनमा खाइतुले १३४ मत प्राप्त गरी विजयी भएका थिए भने निकतम प्रतिद्धन्दी सुरोजकुमार तुक्षेले १०७ मत प्राप्त गर्दा कानुन अध्ययन समाजको तर्फबाट अध्यक्षमा प्रत्यासी गम्भिरमान ज्याख्वले ३० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।



यसै गरी उपाध्यक्ष पदमा शम्भुप्रसाद दाहालले प्राप्त गरेको ११४ विरुद्ध १२९ मत प्राप्त गरी प्रियकुमार थापाले जितेको छ भने सचिव पदमा अनिश सुवालले १५१ मतका साथ रामभक्त सुवाललाई १०४ मतबाट हराएका थिए ।
काषाध्यक्षमा महेन्द्र खायमलीले ३५ मत प्राप्त गर्द सुमन श्रेष्ठले १११ मत प्राप्त गर्यो सो पदमा शेषश गिरीले ११६ मतका साथ विजयी गरेका थिए ।
महिला पद्मा कमला कोजू १३८ मतबाट विजयी भएकी थिइन । सदस्यहरुमा सुन्दर पुरी, किरण खाईजु, राजेशवरी प्रजापति, विष्णुराम न्हुछे, संजिवप्रसाद दुलाल, सुमन कार्की र कान्छिविति प्रजापति विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
केन्दीय पाषद्मा रामबाबु फ्युाल, ईन्दिरा
न्यौपाने, तारा पोखरेल, राधिका गोसाई, सुमित्रा मल्ल, प्रकाश धौबन्जार, विक्रम बखुन्छे, प्रदिप कार्की, कुश्माखर सापकोटा, अन्जना बासुकला, विकास त्वंजू, तुईलाल श्रेष्ठ विजयी भएका थिए ।












