विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना

विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना
भक्तपुर, बैशाख २० गते
काठमाण्डौका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुम्वासी समुदाय मध्येका केही समुदाय भक्तपुरका दुई क्याम्पमा बस्न थालेका छन् । यसरी बस्न थालेका समुदायलाई जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भने स्वास्थ्य शिविर आयोजना गरी ति समुदायमा देखिएको मानसिक एवं शारीरिक समस्याहरुको उपचार गर्न थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य अधिकृत अन्जना खड्काका अनुसार मध्यपुरस्थित बोडेको कृषि तालिम केन्द्रमा २६ जना समुदायको आज स्वास्थ्य परिक्षण गरिएको छ । तिनीहरु मध्ये केही विरामी पनि देखियो, गर्वभति र सुत्केरी पनि पाइयो, औषधी पनि सकिएको तथा थप उपचार गर्नुपर्ने अवस्था पनि देखियो उहाँले भन्नु भयो । यस्तो बेला सरुवा रोग पनि फैलिन सक्ने भएकाले स्वास्थ्य चेतना अभिवृद्धि गर्न थप उपचारकालागि आवश्यक व्यवस्थापन गर्न भक्तपुर अस्पतालका चिकित्सक सहतिको टोलिले तिनीहरुकोा स्वास्थ्य परिक्षण गरिएको हो ।

यसै बीच भक्तपुरको चाँगुनारायण नगर क्षेत्रको कृषि तालिम केन्द्रमा रहेका १४१ जना सुकुम्बासी समुदायको पनि आवश्यक स्वास्थ्य परिक्षण र औषधी उपचारकालागि विशेष पहल गरिने भन्दै आज सो क्षेत्रको पनि स्थलगन अवालोकन गरी ति समुदायसँग स्वास्थ्य परामर्श दिएका छन् । ति समुदायको आवश्यकतालाई मनन गर्दै स्वास्थ्य सेवा दिन जिल्ला जनस्वास्थ्य कार्यावलय र प्रदेश स्वास्थ्य निर्देशनालयले विशेष पहल गरिने जनस्वास्थ्य अधिकृत अन्जना खड्काले जानकारी दिनु भयो ।
सो अवसरमा सुकुम्बासी बस्तीबाट विस्थापित भएपछि गाँस, वासँ र कपास तथा रोजगारी तथा शिक्षाबाट बच्चित हुनुपरेको भन्दै केही पीडितहरुल गहभरी आसु पोख्दै दुःखसो पोखेका छन् । विस्थापित भएको केही दिन सडक र गोडामा बस्यौं, पीडितहरुले भने हाल यहाँ क्याम्पहरुमा बस्न र खान त पाएका छौं । तर आफ्ना नानी बावुहरुले पढ्न पाएका छैनन्, तिनीहरुको भविष्यको चिन्ता भयो । काम गर्न सक्ने छोरा छोरीले पनि काममा फर्किन सकेको छैनन्, आफूहरुले जाहो गरेको लताकपडा र सरसामानहरु राख्ने ठाउँ पाएको छैन । परिवारका सबै सदस्य एउटै ठाउँमा बस्न समेत मिलेको छैन । यस्तो अवस्थामा कसरी कसरी ढुक्क भएर बस्न सकिन्छ । विरामी भएकाहरुले उपचार पाएको छैन, औषधी सकिएको छ। अस्पताल जान सकिरहेको छैन्। गोजिमा पैसा पनि छैन् पीडितहरुले गुनासो गरे । उल्लतो ५० हजारको ऋण छ, तिर्नुपर्ने छ, कसरी तिर्ने भन्ने चिन्ता छ, काम गर्न पाए महिनाका ५।६ हजार गरेर भएपनि तिर्न सकिन्थ्यो । केही संघ संस्थाले सहयोग र ऋण दिएको थियो । खोला छेउँमै बसेको भएपनि घर घरमा गएर सरसफाई गरेर भए पनि गुजार चलाएर २० औं, ३० औं वर्ष बितायौं । आफ्नो आमा बुवा पनि यतै बसेर बितेर गए, आफूहरु पनि जेष्ठ नागरिक भइसके , नाती पनाती सम्म भए अब त तिनीहरुको चिन्ता लाग्छ अर्का दम्पतिले भने अव हामीले आफ्नो पुखौली सम्पति खोजेर घर फर्किनुपर्छ भने युवा अवस्थामै गाउँ फकेर हेरेको तर हाम्रो नाममा केही पनि छैन, भएको भए सरकारले देखाई दिनु हामी त्यहि बस्न जाने छौं तर जेष्ठ नारीले भनिन् हामीले यसै सहरमा जीवन बितायौं, बाँच्नकालागि अर्काको शरीरमा तेलसम्म लगाउन पुग्यौ, फोहर सरसफाई गर्दै गुजारा चलायौं अब जेष्ठ भइसकेपछि कहाँ जान सकिन्छ अन्त, कहि जाने मन छैन, ७० वर्ष नाघि सक्यो उनले भनिन् । उहाँहरुको भनाई थियो । कही कतै हामी बाँच्ने आधार भएको जग्गा जमिन छ भने सरकारले खोजि दिनुस् त्यहि बसेर हामी गुजारा गछौं, गाउँमा केही नभएर खोतांङ्बाट काठमाण्डौमा भरियका काम गर्दै आएका थियौ । अव हामीलाई बस्ने र बाँच्ने आधार दिनु पर्यो, बालबच्चालाई पढाउने अवसर दिनु पर्यो ।
खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा बस्ने १४१ जना पीडित समुदाय मध्ये केही बाहिर खुल्ला चौरमा बस्दै छलफलमा व्यष्त थिए । फोक्सोमा पानी जमेर उपचार गराइरहेको एक मानिसले भने, हालसालै पानी नचुहिने गरी तालतुल गरेको छाप्रो बालेन सरकारले भत्काई दियो । त्यो छाप्रोमा ३ हजारको औषधी थियो, छाप्रो भत्काउने भएपछि औषधी झिक्न मात्र खोजेको झिक्न सकिएन, लडेर खुट्टा मर्कियो, रंगशालाबाट दिएको मलम लगाएपछि सुनिएको विस्तारै निको हुँदै छ तर फोक्सोमा पानी जम्मेको कुरा फेरी चेक अफ गर्नु जानुपर्ने छ । तर छाप्रो भत्किए पनि यता सुविधा सम्पन्न आवासमा बस्न पाएकोमा खुसी लाग्छ, सरकारले हामीलाई न्याय दिन्छ भन्ने लाग्छ उनले भने । अर्का एक जना पीडितले यता आएपछि नियमित चेकजाँच समेत गर्न नपाएकोमा रुंदै दुःखसो पोखिन, जनस्वास्थ्य अधिकृत खड्काले अस्पतालसँग समन्वय गरी उपचारमा जान्न एम्बुलेन्सको व्यवस्था गरिदिनु भयो । औषधी नपाएको, असजिलो भएका अन्य समुदायको पनि कुरा बुझ्दै सो क्षेत्रमा पनि ओषधी वितरण सहित स्वास्थ्य शिविर आयोजनाको तयारी हुने उहाँले जनाएको छ । यता पनि बालबालिकाले अध्ययन गर्न नपाएको, काम गरेर पैसा जोह गर्न नपाएको गुनासो गर्दै सरकारले वास्तविक सुकुम्मबासीहरुलाई उचित बास दिने समयको पखाईमा रहेको बताउँछन् । सोही क्रममा प्रधानमन्त्री सचिवालयबाट आएकाहरुले ति पीडितहरुलाई एक हप्ता मात्र त्यता राख्ने, सो अवधिसम्ममा स्वास्थ्य उपचार र बाल बच्चाहरुलाई शिक्षा दिने आश्वासन दिएका छन् ।