भक्तपुरका लेखापढी ब्यवसायीले भूसेवामार्फत सेवा दिने

भक्तपुरका लेखापढी ब्यवसायीले भूसेवामार्फत सेवा दिने
भक्तपुर, बैशाख ९ गते
भक्तपुर मालपोत र नापी कार्यालय भक्तपुरले सेवाग्राही बाहेक अरुलाई कार्यालयमा प्रवेश रोक लागएपछि १२ जना लेखाढी कानून व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत हप्ता परिचय पत्र लगाएर कार्यालय आउन पाउने तर सेवाग्राही र अफिसको काजगात बोकेर वा छुन्न नपाउने र भूसेवाबाट व्यवसाय प्रवर्धन गर्न सकिने भनिएको थियो । तर आज परिचय पत्र सहित कार्यालयमा पुगेका व्यवायीहरलाई त्यस्तो गर्न नपाईने भन्दै प्रहरीले दिनभर नियन्त्रणमा राखेपछि व्यवसायीले जिल्ला प्रहरीको ध्यानाकर्षण जगाएका छन् । जिल्ला अदालतबाट परिक्षा पास गरी व्यवसाय प्रर्वधनमा रहका व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएकोले व्यवसायीहरुले निःशर्त रिहाइको माग गर्दै प्रहरी कार्यालय भक्तपुर परिसरमा बसेका थिए ।


आज १२ जना आफ्ना व्यवसायीलाई नियन्त्रणमा लिएको भन्दै भक्तपुर लेखापढी कानून व्यवसायी एसोसियसनले पक्राउ परेका व्यक्तिहरु गैर व्यवसायी नभएको सबै लेखापढी व्यवसायी नै भएको बताए । सो बारे भक्तपुर प्रहरीले मालपोत र नापी कार्यालय परिसरमा बिचौलिया नछिराउने जिल्ला प्रशासन कार्यालय भक्तपुरको सरकारी स्तरको सामूहिक निणर्य अनुसार सो कार्वाही गरिएको जनाएको छ भने लेखापढी कानून व्यवसायी एसोसियसन भक्तपुरका अध्यक्ष रामशरण रानाले भने आजको घटना पछि भूसेवाबाट काम गर्न मिल्ने र आईडि कार्ड भएपनि व्यवसायीहरु कार्यालय भित्र नजाने सहमति पश्चात आज नियन्त्रणमा परेका व्यवसायीहरुलाई निःशर्त छोड्ने सहमति भएको उहाँले बताउनु भयो । जिल्ला अदालत भक्तपुरमा लेखापढी व्यवसायीले परीक्षा दिएर उत्तिर्ण भई परिचय पत्रसहित व्यवसाय प्रवधर्नमा काम गनेलाई विचौलिया भन्न नहुने व्यवसायीहरुको धारणा छ ।