लेखापढी व्यवसायीले आफ्नो परिचय पत्र भिडेर मात्रै सेवा दिन सक्ने
भक्तपुर, चैत्र २४ गते
भूमिसुधार तथा मालपोट कार्यालय भक्तपुरले कार्यालय प्रवेशमा निषेध गरेपछि तनाबमा रहेका लेखापढी कानून व्यवसायीले केही राहतको महसुस गरेका छन् । भू सेवा सँगै लेखापढी व्यवसाय सेवाग्राहीसँगै आफ्नो परिचय पत्र सहित सेवामा खतिन सकिने गरी मालपोटसँग सहमति गरेपछि आफ्नो समस्याहरु सम्बोधन भएको लेखापढी कानून व्यवसायी एसोसियसनका अध्यक्ष रामशरण रानाले जनाएको छ । कार्यालयको कागजात छुन्न नपाईने तर सेवाग्राहीसँगै आफ्नो लेखापढी व्यवसायको परिचय सहित कार्यालय प्रवेशमा रोक नलाउने भएपछि आफूहरुले थप आन्दोलन गर्न आवश्यक नभएको समेत अध्यक्ष रानाले बताए । मालपोटमा बिचौलिया र भ्रष्टाचारको गन्ध आउने गरेको विषयमा केही सुधारको आवश्यकता महसुस गरेका अध्यक्ष रानाले परिचय पत्र नबनाई व्यवसायमा लागेकाहरुलाई समस्या रहे पनि बैद्धानिक रुपमा अनुमति पत्र लिइ कार्य क्षेत्रमा पुग्ने व्यवसायीलाई समस्या नरहेको उहाँले बताए । अहिलेसम्म अनुमतिपत्र नलिएका व्यवसायीहरुले भने अव जिल्ला आदालतले आह्वान गरेको बेला जाँच दिएर लेखापढी कानून व्यवसायीको परिचय पत्रलिएरमात्र व्यवसायमा आउन आग्रह गरेका छन् ।















